प्रस, जनकपुरधाम, १२ असोज/
    प्रदेश २ सरकारले कर्मचारी भर्ना गर्न प्रदेश लोकसेवा आयोगलाई स्वीकृति दिएको छ।
    सोमवार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले कर्मचारी भर्नाको स्वीकृति दिएको हो। प्रदेश निजामती सेवा ऐन हाल पारित भएको छैन। सो ऐन पारित नभएसम्मका लागि सङ्घीय ऐनको व्यवस्थालाई अवलम्बन गरेर कर्मचारी भर्ना गर्न सरकारले प्रदेश लोक सेवा आयोगलाई स्वीकृति दिएको हो। हाल प्राविधिक कर्मचारी मात्रै भर्ना गर्ने स्वीकृति दिएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताए।
     स्वास्थ्य र इन्जीनियरिङ सेवामा सातौं तहसम्मका लागि भर्ना लिन स्वीकृति दिइएको मन्त्री यादवले सञ्चारकर्मीहरूलाई जानकारी गराएका गराए।
    कोरोना महामारीको बेला प्रदेशमा चिकित्सकको अभाव र विकास निर्माणका लागि इन्जीनियर भर्ना गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै दुवै खाले पदमा स्थायी नियुक्तिको प्रक्रिया शुरू गरेको प्रदेश सरकारले जनाएको
छ।
    मन्त्रिपरिषद्को बैठकले लोक सेवा आयोगको सचिवमा आन्तरिक मामिला मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवलाई जिम्मेवारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here