पर्साका स्वास्थ्यकर्मीको कोरोना सङ्क्रमणले मृत्यु


राधेश्याम पटेल, वीरगंज, १२ असोज/
    पर्सामा कार्यरत एकजना स्वास्थ्यकर्मीको कोरोना सङ्क्रमणको अवस्थामा उपचारको क्रममा मृत्यु भएको छ।
    काठमाडौंको करुणा अस्पतालमा सोमवार बिहान उनको मृत्यु भएको हो। मृत्यु हुने महोत्तरी घर भई हाल पर्साको जगरनाथपुर गाउँँपालिकाको स्वास्थ्य सहसंयोजक रामशिकिलप्रसाद साह हुन्। ५८ वर्षीय साह सिनियर अहेब छैटौं तहमा कार्यरत थिए।
    एक साताअघि रुघाखोकी र ज्वरो आएपछि उनी बिदा लिएर महोत्तरी घर गएका थिए। त्यसपछि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले जनकपुर प्रादेशिक प्रयोगशालामा परीक्षण गराउँदा पिसिआर रिपोर्ट पोजेटिभ आएपछि थप उपचारको लागि काठमाडौं गएका थिए।
    विगत केही दिनदेखि उनको स्वास्थ्य अवस्था बिग्रिंदै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा आज अचानक मृत्यु भएको हो। साहको मृत्युको खबरले जगरनाथपुर गापाका स्वास्थ्यकर्मीसँगै पर्साका स्वास्थ्यकर्मी दुःखित भएका छन्। पर्सामा कार्यरत स्वास्थ्यकर्मीको यो मृत्यु पहिलो भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी गराए। उनले साहको उपचारको लागि प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयबाट सबै प्रकारका सहयोग गर्दा पनि बचाउन नसकिएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here