नहरले बगाएर मृत्यु

0

प्रस, सर्लाही, १२ असोज/
    आइतवारदेखि बेपत्ता एकजनाको सोमवार बिहान बागमती सिंचाइ आयोजनाको नहरमा शव फेला परेको छ।  
    बागमती नगरपालिका वडा नं ८ गाजली चोक निवासी ५२ वर्षीय सुरेश वाईवाको बागमती सिंचाइ मानपुर शाखा नहरमा शव फेला परेको हो। उनी  आइतवारदेखि बेपत्ता थिए। नहरमा शव  फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए।
    आइतवार ठूलो पानी परेको र नहरमा ठूलो पानी छाडिएकोले सोही बेला वाईवालाई बगाएको हुन सक्ने प्रहरीको अनुमान छ । गाउँलेहरूका अनुसार वाईवा प्रायः मदिरासेवन गरेर नहरको बाटो हिंड्ने गर्थे।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here