२०७७ असोज ०८ गते बिहीवारको प्रतीक दैनिक
पर्साको ग्रामीण क्षेत्रमा यात्रीहरू ठगिंदै
प्रस, पोखरिया, ७ असोज/ असोज २ गतेदेखि भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएको पर्सा जिल्लाको भिस्वाबाट दैनिक ६ वटा रात्रिबस अहिले सञ्चालनमा छन्। सीमा सिल भएपनि बसमा यात्रा गर्नेहरू अधिकांश भारतीय हुने गरेका छन्। उनीहरू चोर बाटोबाट नेपाल प्रवेश गर्ने र रात्रिबसबाट काठमाडौं जाने क्रम जारी छ। रात्रिबसमा कुल सिट सङ्ख्याको पचास प्रतिशत अर्थात् २० जना यात्री […]
मुसहर परिवारलाई खाद्यान्न सहयोग
प्रस, पर्सागढी, ७ असोज/ वीरगंज महानगरपालिका–३१ बेलवाका मुसहर परिवारलाई रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसले खाद्यान्न सहयोग गरेको छ। लकडाउन, निषेधाज्ञाको कारण मुसहर परिवारलाई छाक टार्न पनि समस्या भएको समाचार प्रतीक दैनिकमा प्रकाशित भएपछि रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसले ४६ मुसहर परिवार र ५ अतिविपन्न परिवार गरी ५१ परिवारलाई क्लबले खाद्यान्न सहयोग गरेको हो। प्रतिपरिवार १० […]
भारतीय मजदूर दैनिक काम गर्न आउँछन्–जान्छन्
राधेश्याम पटेल, वीरगंज, ७ असोज/ वीरगंजका दुर्ई भन्सार नाकामा कोरोनाको त्रास मत्थर भएको देखिएको छ। बिहान ९ देखि साँझ ५ बजेसम्म वीरगंज भन्सारको एकीकृत जाँचचौकी (आइसिपी) र श्रीसिया सुक्खा बन्दरगाहमा मालसामान लोड–अनलोड गर्न सयौं भारतीय मजदूरको भीड हुने गरेको छ। आइसिपी भन्सारमा भीडभाड हुने गरेको भन्सार अधिकारीहरू बताउँछन्। “दैनिक मालसामान ओसारपसार गर्नुपर्छ, पल्टी गर्नुपर्छ, भण्डारण […]
एकजना महिलासहित २० जनाद्वारा रक्तदान
प्रस, पोखरिया, ७ असोज/ धोबिनी गाउँपालिका कार्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित २० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहालेबताए। धोबिनी गाउँपालिकाका अध्यक्ष सुरेशप्रसाद कुर्मीको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा निशा कुमारी, उदयसिंह पटेल, लक्ष्मी महतो, आकाश रौनियार, भूषण पासवान, मन्दीप महतो, सन्तोष साह, रमाकान्त पासवान, प्रमोद ठाकुर, कृष्ण राउत, मन्सुर खान, […]
सर्जिकल एशोसिएशनको अध्यक्षमा खेतान
प्रस, वीरगंज, ७ असोज/ सर्जिकल एन्ड केमिकल एशोसिएशन अफ वीरगंजको भेला बुधवार वीरगंजमा सम्पन्न भएको छ। भेलाले सुशील खेतानको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ। समितिको उपाध्यक्ष राजकिशोर साह, सचिव विवेक यादव, कोषाध्यक्ष अमजद अलीलगायत १९ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको अध्यक्ष खेतानले जानकारी दिए।
कोरोनामुक्तलाई समाजमा घुलमिल गराउनु नागरिक समाजको दायित्व हो –अध्यक्ष बन्जारा
प्रस, असोज ७, वीरगंज/ कोरोना पराजित गर्नेलाई समाजमा घुलमिल गराउन नागरिक समाजको दायित्व रहेको नेपाल पत्रकार महासङ्घका अध्यक्ष श्याम बन्जाराले बताएका छन्। मध्य नेपाल मिडिया प्रालिले आयोजना गरेको प्रोत्साहन तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष बन्जाराले आफ्नो दायित्व निर्वाह गर्ने क्रममा कोही सङ्क्रमित हुँदैमा घरमा बस्न नदिने, भेदभाव गर्ने काम निरुत्साहित गर्न नागरिक समाज अघि सर्नुपर्ने […]
बेवारिसे सामान भन्सार चलान
प्रस, रौतहट, ७ असोज/ जिल्ला प्रहरी कार्यालय, रौतहटले ६३ हजार मूल्यबराबरको बेवारिसे सामान भन्सार चलान गरेको छ। अस्थायी प्रहरी पोस्ट महादेवपट्टि र जिप्रका रौतहटको टोलीले गौर नगरपालिका–२ महादेवपट्टिबाट बेवारिसे अवस्थामा कपडा, कस्मेटिक, किराना सामान बरामद गरेको थियो। बरामद सामान गौर भन्सार कार्यालयमा कारबाईको लागि पठाइएको जिप्रका, रौतहटले जनाएको छ। यसैगरी, जिप्रका, रौतहट अन्तर्गतको विभिन्न प्रहरी […]
करेन्ट लागेर आमा र छोरा घाइते
प्रस, सेढवा, ७ असोज/ हाईटेन्सन विद्युतीय तार शर्ट हुँदा करेन्ट लागेर दुर्ईजना घाइते भएका छन्। घाइते हुनेमा जीराभवानी गाउँपालिका वडा नं ३ भोलाटाँडी निवासी ४२ वर्षीय लीलावती देवी र उनका छोरा विराज साह रहेका छन्। मङ्गलवार राति करीब ८ः३० बजे बाटोनजीकै वरको हाँगा भाँच्चिएर ११ हजार भोल्टको हाईटेन्सन लाइनमा झरेपछि सो तार २२० भोल्टको तारमा […]
कोरोना सङ्क्रमितको होम आइसोलेशनमा मृत्यु
प्रस, सप्तरी, ७ असोज/ सप्तरीका कोरोना सङ्क्रमित एकजना पुरुषको घरैमा मृत्यु भएको खुलासा भएको छ। विष्णुपुर गाउँपालिका वडा नं १ का ४९ वर्षीय पुरुषको घरमैं मृत्यु भएको हो। स्वास्थ्य कार्यालय सप्तरीले भने उनको मृत्यु फरक–फरक अस्पतालमा भएको जनाएको छ। मृतकका परिवारका सदस्यले बिरामीको मृत्यु आफ्नै घरमा भएको बताएका छन्। जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख […]