एकजना महिलासहित २० जनाद्वारा रक्तदान

0


प्रस, पोखरिया, ७ असोज/
    धोबिनी गाउँपालिका कार्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित २० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहाले
बताए।
    धोबिनी गाउँपालिकाका अध्यक्ष सुरेशप्रसाद कुर्मीको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा निशा कुमारी, उदयसिंह पटेल, लक्ष्मी महतो, आकाश रौनियार, भूषण पासवान, मन्दीप महतो, सन्तोष साह, रमाकान्त पासवान, प्रमोद ठाकुर, कृष्ण राउत, मन्सुर खान, अशोक यादवलगायतले रक्तदान गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here