मुसहर परिवारलाई खाद्यान्न सहयोग


प्रस, पर्सागढी, ७ असोज/
    वीरगंज महानगरपालिका–३१ बेलवाका मुसहर परिवारलाई रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसले खाद्यान्न सहयोग गरेको छ।
    लकडाउन, निषेधाज्ञाको कारण मुसहर परिवारलाई छाक टार्न पनि समस्या भएको समाचार प्रतीक दैनिकमा प्रकाशित भएपछि रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसले ४६ मुसहर परिवार र ५ अतिविपन्न परिवार गरी ५१ परिवारलाई क्लबले खाद्यान्न सहयोग गरेको हो।
    प्रतिपरिवार १० किलो चामल, १ किलो दाल, १ किलो नून, आधा लिटर खानेतेल सहयोग गरेको संस्थाका प्रमुख अनिल जायसवालले बताए। कार्यक्रममा पूर्वअध्यक्ष सञ्जय साहले मुसहर र अतिविपन्न परिवारलाई आगामी दिनमा पनि समस्या परेको बेला सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे। महामारीको बेलामा काम नपाएर समस्या झेलिरहेका मुसहर परिवारलाई सहयोग गरेकोमा संस्थालाई मुसहरहरूले आभार व्यक्त गरेका थिए। कार्यक्रममा वडाध्यक्ष चुमनप्रसाद गौरो, स्थानीय सामाजिक कार्यकर्ता जितेन्द्र यादव, सुलेमान मियाँ, रसीद अन्सारी, रामजीप्रसाद यादव, जुमराती अन्सारीलगायतले खाद्यान्न वितरणमा सहयोग पु–याएका थिए।
प्रस, रौतहट/
    देवाही गोनाही नगरपालिका–८ मा अतिविपन्न परिवारलाई नगर युवा सञ्जालले राहत वितरण गरेको छ।
    प्रतिपरिवार १५ किलो चामल, २ किलो दाल, १ किलो तेल, ३ थान मास्क, मसला, सोयाबिन, साबुन, आलु २६ परिवारलाई वितरण गरिएको सञ्जालका अध्यक्ष बज्रकिशोर पटेलले बताए।
    राहत वितरण कार्यक्रममा सञ्जालका उपाध्यक्ष राहुल मिश्र, दुर्गेश मिश्र, प्रदीप पटेललगायतले सहयोग पु–याएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here