प्रस, सेढवा, ७ असोज/
    हाईटेन्सन विद्युतीय तार शर्ट हुँदा करेन्ट लागेर दुर्ईजना घाइते भएका छन्।
    घाइते हुनेमा जीराभवानी गाउँपालिका वडा नं ३ भोलाटाँडी निवासी ४२ वर्षीय लीलावती देवी र उनका छोरा विराज साह रहेका छन्।
    मङ्गलवार राति करीब ८ः३० बजे बाटोनजीकै वरको हाँगा भाँच्चिएर ११ हजार भोल्टको हाईटेन्सन लाइनमा झरेपछि सो तार २२० भोल्टको तारमा सट्दा सो क्षेत्रका घरहरूको मिटरबक्समा ११ हजार भोल्टको विद्युत् प्रसारण भएको थियो। तारको क्षमताभन्दा बढी पावर प्रवाह भएको बेला लीलावती देवीले बोर्डको स्वीच अफ गर्दा करेन्ट लागेको हो। लीलावतीसँगै निजका छोरा विराज पनि घाइते भएको स्थानीयले जानकारी गराएका छन्। घाइतेको भारतीय बजार इनर्वामा उपचार भइरहेको बताइएको छ।
    घटना भएको टोल क्षेत्रको विद्युतीय तार मर्मत गरिसकेको फ्युज सेवा सुवर्णपुरका प्रमुख रामलाल साहले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here