२०७७ असोज ६ गते मंगलवारको प्रतीक दैनिक
भारतीयहरूले वीरगंजमा गराउन थाले पिसिआर परीक्षण
राधेश्याम पटेल, वीरगंज, ५ असोज/ भारतीयहरूले नियमविपरीत वीरगंजमा पिसिआर परीक्षण गराउन थालेका छन्। पर्सा र बाराका ग्रामीण नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई झुक्याउँदै वीरगंज पुगेर उनीहरूले पिसिआर परीक्षण गर्ने गरेको खुलेको हो। नारायणी अस्पताल पिसिआर प्रयोगशालाले आइतवार राति सार्वजनिक गरेको नतीजा अनुसार पर्साका १७७ र बाराका १५ गरी १९२ जनाको पिसिआर परीक्षण गर्दा ५ […]
वैकल्पिक शिक्षाको लागि तथ्याङ्क सङ्कलन
प्रस, पर्सागढी, ५ भदौ/ वीरगंज महानगरपालिका–३१ मा रहेको नेरामावि सोलखपुरका शिक्षकहरूले वैकल्पिक शिक्षाका लागि विद्यार्थीहरूको तथ्याङ्क सङ्कलन शुरू गरेका छन्। कोरोना भाइरसको कारण विद्यालय बन्द भएको अवस्थामा अनलाइन, रेडियो, टिभी शिक्षाको लागि विद्यार्थीहरूको घरमा पुगेर तथ्याङ्क सङ्कलन गर्न लागिएको शिक्षक यमबहादुर आचार्यले बताए। विद्यार्थीहरूको घरमा रेडियो, टिभी, मोबाइल सेवा भए, नभएबारे तथ्याङ्क सङ्कलन गर्ने र […]
वीरगंजमा होटल खुल्यो, ग्राहक आएनन्
प्रस, वीरगंज, ५ भदौ/ वीरगंज महानगरमा असोज १ गतेदेखि साना–ठूला होटल गरी पचास प्रतिशत होटल सञ्चालनमा आए पनि ग्राहकविहीन भएको होटल व्यवसायीहरूले बताएका छन्। महानगरमा रहेका साना–ठूला साठीवटा होटलमध्ये अहिले आधा होटल सञ्चालनमा छन्। तर ग्राहकको सङ्ख्या भने शून्य छ। सीमा सिल भएको र आन्तरिक पर्यटकहरू होटलमा बस्ने गरी आउने क्रम शुरू भइनसकेकोले सञ्चालनमा रहेका […]
उद्योगको धूवाँ, धूलोले समस्या भएको दलितहरूको गुनासो
प्रस, परवानीपुर, ५ भदौ/ जीतपुरसिमरा उपमहानगरपालिका–५ मा रहेका उद्योगहरूबाट निस्किने धूवाँ, धूलोको कारण त्यहाँका दलितबस्तीका बासिन्दालाई अप्ठेरो भइरहेको छ। उद्योगको ब्वाइलरबाट निस्किने धूवाँ, धूलोले आँखा र फोक्सोमा असर परेर धेरैजना बिरामी भएको दलितबस्तीका राजु रामले गुनासो गरे। उनले उद्योगबाट निस्किने धूवाँ र धूलोलाई व्यवस्थित गर्नेतर्फ सम्बन्धित निकायले पहल नगरेको आरोप लगाए। उद्योगबाट निस्किने धूवाँ–धूलोको कारण […]
पर्सागढीमा प्याज र ग्यास अभाव
प्रस, पर्सागढी, ५ भदौ/ पर्सागढी नगरपालिकामा प्याज र ग्यासको अभाव भएको छ। भारतबाट प्याज नआएपछि पर्सागढीमा प्याजको मूल्य १२० देखि १५० रुपैयाँ प्रतिकिलोसम्म बिक्री भइरहेको छ। यसैगरी, ग्यास विक्रेताहरूले पनि ग्यासको अभाव सृजना गरेर महँगोमा ग्यास बिक्री गरिरहेका छन्। पर्सागढी नगरपालिकामा बजार अनुगमन नगरिंदा व्यापारीहरूले मनपरी तरीकाले प्याज र ग्यासको बिक्री गरिरहेका हुन्। स्थानीयले प्याज […]
३ महिलासहित ३६ जनाद्वारा रक्तदान
प्रस, वीरगंज, ५ भदौ/ कलैया उपमहानगरपालिका–२६ सिसवा महेशपुरमा क्रिएटिभ युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा २ जना महिलासहित ३६ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहाले बताए। विभिन्न संस्थाको सहयोगमा क्रिएटिभ युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा रीना थापा, गीता चापागाईं, खुर्सेद देवान, विश्वनाथ यादव, सुरेश यादव, सङ्गम चापागाईं, राजेश पण्डित, अवधकिशोर साह, […]
अजिङ्गर वन कार्यालयको जिम्मा
प्रस, बिरुवागुठी, ५ भदौ/ पर्सागढी नगरपालिका–२ बागवन्नामा फेला परेको अजिङ्गरलाई सबडिभिजन वन कार्यालय बडनिहारको जिम्मा लगाइएको छ। बागवन्ना निवासी पलट दासको खेतमा धान काट्ने क्रममा खेतालाहरूले ६ फिट लामो अजिङ्गर देखेका थिए। शुरूमा धान काट्नेहरूबीच अजिङ्गरलाई हेरेपछि भागदौड मचिएको थियो। पछि अजिङ्गरलाई नियन्त्रणमा लिएर सबडिभिजन वन कार्यालय बडनिहारको जिम्मा लगाइएको प्रत्यक्षदर्शी सरिता चौधरीले बताइन्।
जूमबाट वक्तृत्वकला प्रतियोगिता
प्रस, पोखरिया, ५ भदौ/ आसमान नेपालले भोलेन्टियर सर्भिस ओभरसिज नेपालको आर्थिक सहयोगमा पर्सा जिल्लाका १२ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूबीच जूमबाट वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। कोरोना भाइरसबाट शिक्षामा परेको असरबारे जूमबाट गरिएको वक्तृत्वकला प्रतियोगितामा १२ वटा विद्यालयका १२० जना छात्रछात्रा सहभागी भएको आसमान नेपाल पर्साका अध्यक्ष्F मुनीलाल बैठाले बताए। आज सम्पन्न वक्तृत्वकला प्रतियोगितामा प्रीति पटेल, […]
ठोरीमा विद्यालयको अनुगमन
माधव तिमल्सिना, ठोरी, ५ असोज/ ठोरीमा रहेका सामुदायिक विद्यालय सञ्चालन तयारीका लागि सामुदायिक विद्यालयको अनुगमन तीव्र पारिएको छ। ठोरी गाउँँपालिकाले गठन गरेको ७ सदस्यीय समितिले विद्यालय सञ्चालन कसरी गर्ने र तयारीको अवस्था कस्तो छ भन्ने विषयमा ठोरीका सामुदायिक विद्यालयहरूमा पुगेर सरोकारवालाहरूसँग छलफल तीव्र पारेको अनुगमन समितिका सदस्य सचिवसमेत रहेका शिक्षा संयोजक भुपालकुमार जोशीले जानकारी दिए। […]