प्रस, पर्सागढी, ५ भदौ/
पर्सागढी नगरपालिकामा प्याज र ग्यासको अभाव भएको छ। भारतबाट प्याज नआएपछि पर्सागढीमा प्याजको मूल्य १२० देखि १५० रुपैयाँ प्रतिकिलोसम्म बिक्री भइरहेको छ।
यसैगरी, ग्यास विक्रेताहरूले पनि ग्यासको अभाव सृजना गरेर महँगोमा ग्यास बिक्री गरिरहेका छन्। पर्सागढी नगरपालिकामा बजार अनुगमन नगरिंदा व्यापारीहरूले मनपरी तरीकाले प्याज र ग्यासको बिक्री गरिरहेका हुन्। स्थानीयले प्याज र ग्यास परल मूल्यमा उपलब्ध गराउन आग्रह गरेका छन्।