जूमबाट वक्तृत्वकला प्रतियोगिता


प्रस, पोखरिया, ५ भदौ/
    आसमान नेपालले भोलेन्टियर सर्भिस ओभरसिज नेपालको आर्थिक सहयोगमा पर्सा जिल्लाका १२ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूबीच जूमबाट वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।
    कोरोना भाइरसबाट शिक्षामा परेको असरबारे जूमबाट गरिएको वक्तृत्वकला प्रतियोगितामा १२ वटा विद्यालयका १२० जना छात्रछात्रा सहभागी भएको आसमान नेपाल पर्साका अध्यक्ष्F मुनीलाल बैठाले बताए।
    आज सम्पन्न वक्तृत्वकला प्रतियोगितामा प्रीति पटेल, अरुणकुमार राम, अध्या चौहान, अर्चना प्रजापति, प्रतापसिंह राजपूत, पिङ्की गुप्ता, कुमार साह, उमेश मण्डल, अनामिका चौहानलगायत प्रथम भएका थिए।
    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई शब्दकोष, कापी, कलम र औजार बक्स प्रदान गरिने अध्यक्ष बैठाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here