प्रस, बिरुवागुठी, ५ भदौ/
पर्सागढी नगरपालिका–२ बागवन्नामा फेला परेको अजिङ्गरलाई सबडिभिजन वन कार्यालय बडनिहारको जिम्मा लगाइएको छ।
बागवन्ना निवासी पलट दासको खेतमा धान काट्ने क्रममा खेतालाहरूले ६ फिट लामो अजिङ्गर देखेका थिए। शुरूमा धान काट्नेहरूबीच अजिङ्गरलाई हेरेपछि भागदौड मचिएको थियो। पछि अजिङ्गरलाई नियन्त्रणमा लिएर सबडिभिजन वन कार्यालय बडनिहारको जिम्मा लगाइएको प्रत्यक्षदर्शी सरिता चौधरीले बताइन्।
