३ महिलासहित ३६ जनाद्वारा रक्तदान

0

प्रस, वीरगंज, ५ भदौ/
    कलैया उपमहानगरपालिका–२६ सिसवा महेशपुरमा क्रिएटिभ युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा २ जना महिलासहित ३६ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहाले बताए।
    विभिन्न संस्थाको सहयोगमा क्रिएटिभ युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा रीना थापा, गीता चापागाईं, खुर्सेद देवान, विश्वनाथ यादव, सुरेश यादव, सङ्गम चापागाईं, राजेश पण्डित, अवधकिशोर साह, नसिरुद्दीन मन्सुरी, रामपूजन शर्मा, चन्द्रकिशोर यादव, महेश यादव, गणेश यादवलगायतले रक्तदान गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here