पर्सा र बारामा ६४ जना सङ्क्रमित

प्रस, वीरगंज, १७ भदौ/
पर्सा र बारामा थप ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
वीरगंजस्थित नारायणी प्रयोगशालामा गएरातिको पिसिआर परीक्षणमा पर्सा र बाराका थप ६४ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकृत डा अतुलेश चौरसियाले बताए । प्रयोगशालामा ४९० जनाको स्वाब नमूनाको पिसिआर परीक्षण गर्दा बाराका ५० जनासहित ६४ जनामा कोरोना पुष्टि भएको उनले बताए । डा चौरसियाले २८ जना महिला र ३६ जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको बताएका छन् ।
बारा जिल्ला कलैया उपमहानगरपालिका–१ देखि ९ सम्मका ३३ जना, वडा नं २० का ४ जना, वडा नं २१ का १ जना र वडा नं २३ का ३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । बाँकी अन्य विभिन्न वडावासी हुन् ।
यस्तै, पर्साका वीरगंज महानगरपालिकाका ६ जना र बहुदरमाई नपाका ८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here