भदौ १९ गतेदेखि निषेधाज्ञा खुकुलो गर्ने निर्णय

प्रस, वीरगंज, १२ भदौ/    जिल्ला विपद् व्यवस्थापन समिति, पर्साले जिल्लामा लगाइएको निषेधाज्ञा भदौ १९ गतेदेखि खुकुलो गर्ने निर्णय गरेको छ।    साउन १० गतेदेखि वीरगंज महानगरपालिका र साउन १९ गतेदेखि पर्सा जिल्लाभरि जारी गरिएको निषेधाज्ञा भदौ १२ गतेसम्म एक महीना बितेपछि आज शुक्रवार समितिको बैठकले एक सातापछि निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय, […]

मध्य नेपालको चौथो वार्षिकोत्सव सम्पन्न

प्रस, वीरगंज, १२ भदौ/    मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको चौथो वार्षिकोत्सव सम्पन्न भएको छ।    कोरोना सङ्क्रमणको बेलामा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सीमित व्यक्तिको सहभागितामा वार्षिकोत्सव आयोजना गरिएको पत्रिकाकी सम्पादक कविता खड्काले बताइन्। उनकै अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले गरेका थिए। उनले सङ्क्रमणको बेलामा तीनवटै […]

बर्थिङ सेन्टर बन्द भएपछि गर्भवतीलाई समस्या

प्रस, सेढवा, १२ भदौ/जीराभवानी गाउँपालिकामा रहेको एकमात्र बर्थिङ सेन्टर बन्द भएपछि गर्भवती महिलाहरूलाई समस्या भएको छ।कोरोना सङ्क्रमण भएपछि बर्थिङ सेन्टरमा कार्यरत दुईजना स्वास्थ्यकर्मी आइसोलेट भएका र उनीहरू स्वस्थ नभइसकेको अवस्थामा सेवा बन्द गरिएको सेढवा स्वास्थ्य चौकीका इन्चार्ज ज्ञानकिशोर प्रसादले बताए। सुत्केरी महिलाहरूको सेवामा कार्यरत दुवै स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि जीराभवानी गापाको सेढवा स्वास्थ्य चौकीमा बर्थिङ सेवा […]

आठजना विशेषज्ञ चिकित्सकमध्ये पाँचजनाको होटलमैं बास

राधेश्याम पटेल, वीरगंज, १२ भदौ/    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुर्ई दिनअघि वीरगंज पठाएको आठजना विशेषज्ञ चिकित्सकको टोलीमध्ये तीनजना चिकित्सक मात्र काममा छन् भने बाँकी पाँचजनालाई सरकारले वीरगंज पठाएर झारा टार्ने काम मात्र गरेको छ। वीरगंजमा समुदायस्तरमा कोरोना महामारी फैलिएपछि नारायणी अस्पतालमा चिकित्सक तथा दक्ष जनशक्ति माग गर्दै नारायणी अस्पतालले मन्त्रालयसँग पत्राचार गर्दै विशेषज्ञ चिकित्सकको टोली […]

५७ जना सङ्क्रमित थपिए

प्रस, वीरगंज, १२ भदौ/    नारायणी अस्पताल वीरगंजमा भदौ ११ गते गरिएको पिसिआर परीक्षणमा प्रदेश २ का चार जिल्लाका ५७ जना सङ्क्रमित थपिएका छन्।    गएराति अबेर सार्वजनिक गरिएको तथ्याङ्क अनुसार ३०८ जनाको स्वाब नमूना परीक्षण गरिएकोमा १७ महिला र ४० पुरुष गरी ५७ जना सङ्क्रमित थपिएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी गराए। उनका अनुसार […]

६ लाख ४० हजारसहित साह पक्राउ

प्रस, रौतहट, १२ भदौ/    ईशनाथ नगरपालिका–९ लवतना टोलबाट प्रहरीले स्रोत नखुलेको ६ लाख ४० हजार नगदसहित एकजना किशोरलाई पक्राउ गरेको छ।    भारतीय नं.को मोटरसाइकलबाट भारतबाट नेपालतर्फ प्रवेश गरेका ईशनाथ नगरपालिका–२ औरहिया बस्ने १६ वर्षीय मनोजकुमार साहलाई सशस्त्र प्रहरीले शङ्का लागेर चेकजाँच गर्दा ६ लाख ४० हजार नगद बरामद भएको सशस्त्र प्रहरी उपरीक्ष्Fक सूर्यबहादुर सेन ओलीले […]

सिम्रौनगढको विशाल रानीवास खण्डहरमा परिणत

रामेश्वर मेहता, सिम्रौनगढ, १२ भदौ/बाराको ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल सिम्रौनगढ–२ अमृतगंजस्थित विशाल रानीवास भन्ने रामजानकी मन्दिरको पूर्वपट्टिको भवन खण्डहरमा परिणत हुँदैछ।विसं १९३५ मा राणा प्रधानमन्त्री जङ्गबहादुर राणाका छोरा जगतजङ्गबहादुर राणाले निर्माण गरेको विशाल रानीवास भवनका कोठाहरू भत्किन थालेका छन्। मुख्य ढोका भएको कोठाको माथिल्लो छत खसेको दुई वर्ष बितिसक्यो तर अहिलेसम्म मरम्मत गरिएको छैन। भवन […]

रामको परिवारलाई सहयोग

प्रस, रौतहट, १२ भदौ/नेपाली काङ्ग्रेस रौतहटले गरुडा नगरपालिका–८ जिङ्गडियाका विजयराम चमारको प्रहरी यातनाबाट मृत्यु भएपछि उनको परिवारलाई आर्थिक सहयोग गरेको छ।नेका रौतहटले चमारका परिवारलाई रु १ लाख १० हजार नगद सहयोग गर्दै दोषी प्रहरीलाई कारबाई गर्न माग गरेको छ। उनले घटनाका दोषी प्रहरीलाई कारबाई हुनुपर्ने मागमा नेका रौतहट प्रतिबद्ध रहेको बताए। चमारको भदौ ४ गते […]

पुजारी हत्याको विरोध

प्रस, वीरगंज, १२ भदौ/राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यालयले विज्ञप्तिमार्फत् हनुमान मन्दिरका पुजारी हत्याको विरोधमा प्रदर्शन गर्दा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका १२ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।अध्यक्ष महेश सिंहलगायतका विद्यार्थीहरूले राजधानीमा प्रदर्शन गर्दै हत्याको छानबीन गर्नुपर्ने, हत्यारालाई कारबाई गर्नुपर्ने, हिन्दूमाथिको दमन बन्द गर्नुपर्ने, धर्मनिरपेक्षता खारेज गर्नुपर्नेलगायतका माग गरेको थियो। प्रदर्शनकारीहरूलाई पक्राउ गरी दरबारमार्गमा राखेको […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।