६ लाख ४० हजारसहित साह पक्राउ

0

प्रस, रौतहट, १२ भदौ/
    ईशनाथ नगरपालिका–९ लवतना टोलबाट प्रहरीले स्रोत नखुलेको ६ लाख ४० हजार नगदसहित एकजना किशोरलाई पक्राउ गरेको छ।
    भारतीय नं.को मोटरसाइकलबाट भारतबाट नेपालतर्फ प्रवेश गरेका ईशनाथ नगरपालिका–२ औरहिया बस्ने १६ वर्षीय मनोजकुमार साहलाई सशस्त्र प्रहरीले शङ्का लागेर चेकजाँच गर्दा ६ लाख ४० हजार नगद बरामद भएको सशस्त्र प्रहरी उपरीक्ष्Fक सूर्यबहादुर सेन ओलीले बताए। सप्रनाउ नरेश भण्डारीको कमान्डमा खटेको प्रहरीले साहलाई रोकी चेकजाँच गर्दा निजबाट सो बराबरको रकम बरामद भएको र निजलाई आवश्यक कारबाईको लागि गौर भन्सार कार्यालय चलान गरिएको सप्रउ ओलीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here