रामको परिवारलाई सहयोग

प्रस, रौतहट, १२ भदौ/
नेपाली काङ्ग्रेस रौतहटले गरुडा नगरपालिका–८ जिङ्गडियाका विजयराम चमारको प्रहरी यातनाबाट मृत्यु भएपछि उनको परिवारलाई आर्थिक सहयोग गरेको छ।
नेका रौतहटले चमारका परिवारलाई रु १ लाख १० हजार नगद सहयोग गर्दै दोषी प्रहरीलाई कारबाई गर्न माग गरेको छ। उनले घटनाका दोषी प्रहरीलाई कारबाई हुनुपर्ने मागमा नेका रौतहट प्रतिबद्ध रहेको बताए। चमारको भदौ ४ गते बिहान एक बजे मृत्यु भएको थियो। उनको मृत्यु प्रहरी यातनाबाट भएको नेकाको ठहर छ। यस सम्बन्धमा निष्पक्ष छानबीन भएको छैन।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्