भरुवा बन्दूकसहित दुईजना पक्राउ
प्रस, निजगढ, ७ भदौ/ बारामा दुई थान बारुद भरिएको भरुवा बन्दूकसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा निजगढ नगरपालिका–१ भरतगंज सिगौलका ५७ वर्षीय प्रेमबहादुर स्याङ्तान र निजका ३३ वर्षीय छोरा जनकबहादुर स्याङ्तान रहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ। धन्सार खोला किनारबाट उनीहरूलाई गएराति करीब १०ः४५ बजे पक्राउ गरिएको इप्रका निजगढका प्रहरी निरीक्षक विकास थपलियाले […]
हवाई फायर गरी गोलिया नियन्त्रण
प्रस, निजगढ, ७ भदौ/ बारा, करैयामाई गाउँपालिका–३ मा तीन राउन्ड हवाई फायर गरी गोलिया नियन्त्रणमा लिइएको छ। सबडिभिजन वन कार्यालय मधुवन र जैतापुर रेन्जपोस्टको संयुक्त गस्ती टोलीले शनिवार बिहान ४ बजे गोलिया नियन्त्रणमा लिएको हो। आठजनाको समूहले वन क्षेत्रबाट चोरी तस्करी गरी सालको पाँच थान गोलिया साइकलमा राखी बस्तीतर्फ ल्याउँदै गर्दा गस्ती टोलीले हवाई फायर […]
रौतहटमा फेरि थपियो सशर्त निषेधाज्ञा
प्रस, गरुडा, ७ भदौ/केही खुकुलो बनाउँदै रौतहटमा निषेधाज्ञाको अवधि एक हप्ताको लागि पुनः थप गरिएको छ। अत्यावश्यक उपभोग्य खाद्यान्न पसल, निर्माण सामग्रीका पसल तथा बैंकहरूलाई विभिन्न शर्तको अधीनमा रही बिहान ७ देखि ११ बजेसम्म खोल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।गत साउन २४ गतेदेखि जारी निषेधाज्ञा भदौ १ देखि ७ गतेसम्म लम्ब्याइएको […]
धानबालीमा मलको मात्रा नमिल्दा गबारो कीराको प्रकोप
प्रस, सप्तरी, ७ भदौ/सप्तरी जिल्लाका विभिन्न पालिकास्थित धानबाली गबारो कीराले नष्ट पार्न शुरू गरेको छ।जिल्लाको खडक नगरपालिका क्षेत्रमा प्रायः धानबाली सुक्न थालेपछि चिन्तित किसानहरूले रोगको पहिचान र निदान गरिदिन प्रदेश नं २ सरकारलाई अनुरोध गरेका थिए। किसानको माग अनुसार स्थलगत निरीक्षण गर्न पुगेका प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरीलगायत प्रदेशका अधिकांश […]
कोरोना सङ्क्रमित थुनुवा आइसोलेशनबाट फरार
प्रस, वीरगंज, ७ भदौ/ कोरोना सङ्क्रमित दुईजना थुनुवा आइसोलेशनबाट फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साको थुनुवा शनिवार राति वीरगंज हेल्थकेयरको आइसोलेशनबाट उपचारको क्रममा फरार भएका हुन्। फरार हुनेमा वीरगंज नगवाका छोटु तिवारी र पर्सा रामवनका रामु माझी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। सार्वजनिक मुद्दाका आरोपित दुवैजना राति २ बजे एक्कासि बेपत्ता भएपछि […]
५६ वर्षीया महिलाको मृत्यु
५६ वर्षीया महिलाको मृत्यु प्रस, परवानीपुर, ७ भदौ/शनिवार राति वीरगंजमा कोरोना सङ्क्रमित एकजना महिलाको मृत्यु भएको छ। वीरगंज–११ श्रीपुरकी ५६ वर्षीया महिलाको शनिवार राति साढे ७ बजे नारायणी अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ।साउन २२ गते स्वाब सङ्कलन गरी २४ साउनमा उनको रिपोर्ट पोजेटिभ आएको थियो। कोभिड अस्पतालको आइसियूमा भर्ना गरी उपचार […]
सिपिएलमा सन्दीपको उत्कृष्ट बलिङ
काठमाडौं, ७ भदौ/राससक्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन्। शनिवार राति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले बलिङ गर्दै दुर्ई विकेट लिए। उनले निकै किफायती बलिङ गरे। यद्यपि सन्दीपको टोली जमैका तलावाज भने गुयानासित १४ रनले हार्न पुग्यो।सन्दीपले चार ओभर बलिङ गर्दै आठ रन मात्र खर्चिए। उनले शेरफेन […]
पटेर्वासुगौली गापाको जङ्गलमा शव भेटियो
प्रस, पंचगावाँ, ७ भदौ/पटेर्वासुगौली गाउँपालिका–३ अन्तर्गत पर्ने राष्ट्रिय वनजङ्गलभित्र एकजना पुरुषको शव भेटिएको छ। सखुवाप्रसौनी गापा–२ घुसुकपुरका ३५ वर्षीय राजिन्द्रदहित थारूको शव भेटिएको इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले जनाएको छ। उनको मृत्युको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
डुबेर बालकको मृत्यु
प्रस, रौतहट, ७ भदौ/ रौतहटको गरुडा नगरपालिका–६ पोठियाहीमा पोखरीमा डुबेर एकजना बालकको मृत्यु भएको छ। पोठियाहीस्थित पोखरीमा डुबेर स्थानीय मेराजुल दर्जीका ११ वर्षीय छोरा हसमुद्दीन दर्जीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रनि केदारमान दोङले बताएका छन्।
साझा संस्कृतिको रक्षा गरौं
– श्रीमन्नारायण गौरवशाली सभ्यता, संस्कृति, इतिहास, बलियो अर्थव्यवस्था, सशक्त सैन्य क्षमता, ज्ञान, विज्ञान एवं अनुसन्धानको क्षेत्रमा आफ्नो धाक, प्रभाव र उपस्थिति जमाएका देशहरूले नै विश्व राजनीतिको मानसपटलमा आफ्नो सार्थक एवं सफल उपस्थिति जनाएका हुन्छन्। सुन्दर एवं शान्त मानिएको पर्यटकीय देश विश्वको एकमात्र हिन्दू राष्ट्र भएको कारण पनि विश्वमा नाम, मान र सम्मान कमाएको थियो तर […]