भरुवा बन्दूकसहित दुईजना पक्राउ

0
325

प्रस, निजगढ, ७  भदौ/
    बारामा दुई थान बारुद भरिएको भरुवा बन्दूकसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा निजगढ नगरपालिका–१ भरतगंज सिगौलका ५७ वर्षीय प्रेमबहादुर स्याङ्तान र निजका ३३ वर्षीय छोरा जनकबहादुर स्याङ्तान रहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।
    धन्सार खोला किनारबाट उनीहरूलाई गएराति करीब १०ः४५ बजे पक्राउ गरिएको इप्रका निजगढका प्रहरी निरीक्षक विकास थपलियाले बताए।
    उनीहरूका साथबाट छर्रा ३५ थान, फलामको साना टुक्रा ७ थान र २५० एमएलको बोतलमा आधा भरिएको भारुदसमेत प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। सो क्षेत्रमा दिनदहाडै वन्यजन्तुको चोरीशिकारीसमेत हुँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here