५६ वर्षीया महिलाको मृत्यु
प्रस, परवानीपुर, ७ भदौ/
शनिवार राति वीरगंजमा कोरोना सङ्क्रमित एकजना महिलाको मृत्यु भएको छ। वीरगंज–११ श्रीपुरकी ५६ वर्षीया महिलाको शनिवार राति साढे ७ बजे नारायणी अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ।
साउन २२ गते स्वाब सङ्कलन गरी २४ साउनमा उनको रिपोर्ट पोजेटिभ आएको थियो। कोभिड अस्पतालको आइसियूमा भर्ना गरी उपचार भइरहेको थियो। स्वास्थ्य बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा शनिवार मृत्यु भएको हो। महिलालाई थाइराइड र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल पु–याइएको थियो।