लायन्सद्वारा प्रहरीलाई सामग्री सहयोग
प्रस, परवानीपुर, ६ भदौ/लायन्स क्लब अफ वीरगंज नर्थले जिल्ला प्रहरी कार्यालय, पर्सालाई आवश्यक सामग्री हस्तान्तरण गरेकोछ।क्लबका अध्यक्ष सञ्जय अग्रवालले प्रहरी नायब उपरीक्षक गौतम थापालाई विद्युतीय केटली २६ थान, स्टेम भेपर ४५ थान, फेस सिल्ड १६० थान, ओक्सिमिटर ५ थान, थर्मामिटर १० थान, २५ कार्टुन पानीलगायतका सामग्री हस्तान्तरण गरेका थिए।
८० किलो गाँजा बरामद, तस्कर फरार
प्रस, सिम्रौनगढ, ६ भदौ/ सशस्त्र प्रहरीले बाराको पचरौता नगरपालिका–८ लङ्डाचोकबाट ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ। शुक्रवार राति आठ बजे प्रदेश २ वाहिनीबाट खटेको सशस्त्र प्रहरीले ८० किलो गाँजा नियन्त्रणमा लिएको थियो। प्रहरीलाई देखेपछि गाँजा तस्करहरू फरार भएका थिए। चारवटा पोकामा रहेको सो गाँजा इलाका प्रहरी कार्यालय, सिम्रौनगढमा बुझाइएको प्रहरीले जनाएको छ।
सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री सहयोग
प्रस, रौतहट, ६ भदौ/ ग्रामीण विकास केन्द्र आरडिसी नेपाल रौतहटले सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। नेपाल पत्रकार महासङ्घ रौतहटलाई अतिआवश्यक सुरक्षा सामग्री मास्क, सेनिटाइजरलगायतका सामग्री सहयोग गरेको हो। नेपाल पत्रकार महासङ्घ रौतहटका सचिव गौतम श्रेष्ठलाई आरडिसी नेपालका अध्यक्ष पारस हुसेनले मास्क, सेनिटाइजर, हैन्डवासलगायतका सामग्री हस्तान्तरण गरेको कार्यक्रम संयोजक विनय साह बानियाँले बताए।
रोटरीका सदस्यलाई तनाव व्यवस्थापन प्रशिक्षण
प्रस, वीरगंज, ६ भदौ/ रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसले तनाव व्यवस्थापनसम्बन्धी अनलाइन प्रशिक्षण शुक्रवार सम्पन्न गरेको छ। कोरोना महामारीको समयमा मानसिक तनाव न्यूनीकरण गर्ने र परिवारका सदस्यहरूतर्फ ध्यान केन्द्रित गराउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको हो। रोट्राक्ट क्लब अफ वीरगंज मेट्रोपोलिस र रोट्राक्ट क्लब अफ युनाइटेड वीरगंजको संयुक्त आयोजनामा रोटरीले कार्यक्रम आयोजना गरेको वीरगंज मेट्रोपोलिस सर्भिस […]
समयमा खाजा/खाना नपाएको गुनासो
प्रस, पंचगावाँ, ६ भदौ/ बहुदरमाई नगरपालिकाको भौराटार आइसोलेशनमा रहेका सङ्क्रमितहरूले समयमा खाजा/खाना नपाएको गुनासो गरेका छन्। भौराटारस्थित सीताराम महतो आधारभूत विद्यालयमा रहेको आइसोलेशनमा बस्ने सङ्क्रमित रूपनारायण साहले समयमा खाजा–खाना नपाएको गुनासो गरे। उनले दिउँसो १२ बजेसम्म पानी पनि नपाउने र १ बजेपछि मात्रै खाना ल्याएर दिने गरेको बताए।उनले आइसोलेशनको फितलो व्यवस्थापनले सङ्क्रमितहरू झनै […]
पर्सागढी नपामा स्वाब सङ्कलन
प्रस, पर्सागढी, ६ भदौ/पर्सागढी नगरपालिका–८ का ९३ जनाको शुक्रवार स्वाब सङ्कलन गरिएको छ। कोरोना सङ्क्रमित बढ्दै गएपछि पर्सागढी नगरपालिकाले स्वाब नमूना सङ्कलन कार्यलाई तीव्रता दिएको छ। जुन वडामा कोरोना सङ्क्रमित बढी छन्, सो वडामा स्वाब नमूना सङ्कलन कार्य भइरहेको नगरपालिका स्वास्थ्य शाखा उपसंयोजक उमेश साहले बताए।
शिक्षकहरूको सम्पत्ति विवरण दर्ता अन्योल
प्रस, सेढवा, ६ भदौ/लगातारको निषेधाज्ञाको कारण सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको सम्पत्ति विवरण दर्ता अन्योलमा परेको छ।शिक्षकहरूले आव २०७६/०७७ को सम्पत्ति विवरणको फाराम भरेर तयारी अवस्थामा राखे पनि सम्बन्धित निकायमा दर्ता गर्न समस्या भएको जगरनाथपुर गाउँपालिका–३ स्थित बाबा वैद्यनाथ प्रावि गढैयाका प्रधानाध्यापक बादशाह साहले बताए। निषेधाज्ञाका कारण हुलाक कार्यालय तथा वीरगंजमा रहेका कुरियर सेवा बन्द रहेका […]
मोटरसाइकलसहित दुईजना पक्राउ
प्रस, सिम्रौनगढ, ६ भदौ/भारतको सीमावर्ती गाउँ घोडासहनमा चोरीका दुईवटा मोटरसाइकलसहित दुईजना पक्राउ परेको घोडासहन प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा भारत, जितना थाना क्ष्Fेत्रको कोइरगावा निवासी गुरुदेव तथा झरोखर थाना क्षेत्रको अठमोहन निवासी सनीकुमार रहेका छन्। दुवैलाई घोडासहन प्रहरीले बिर्ताचोकबाट नियन्त्रणमा लिएको स्थानीय राहुल कुमारले बताए।
ठोरीका तीनजनामा कोरोना सङ्क्रमण पुष्टि
माधव तिमल्सिना, ठोरी, ६ भदौ/ठोरी गाउँपालिकामा तीनजना सङ्क्रमित थपिएका छन्। जिल्ला प्रशासन कार्यालय, पर्साले दिएको जानकारी अनुसार शुक्रवार बेलुकासम्म पिसिआर परीक्षणमा ठोरीका तीनजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ठोरी गापा–१ का दुईजना र ठोरी गापा–४ का एकजनामा कोरोना पुष्टि भएको ठोरी गापा कार्यालयले जनाएको छ।भदौ २ गते पिसिआर परीक्षणका लागि ठोरी गापाबाट २५ जनाको स्वाब […]
सिम्रौनगढमा सचेतनामूलक कार्यक्रम
प्रस, सिम्रौनगढ, ६ भदौ/बाराको सिम्रौनगढ नगरपालिका–२ रानीवासमा शनिवार जिपी फाउन्डेशनले सचेतना कार्यक्रम सम्पन्न गरेको छ।नेपाली काङ्ग्रेसका सल्लाहकार सूर्यप्रसाद सहनी र शम्भुप्रसाद कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा फाउन्डेशन बाराका संयोजक चन्द्रिकाप्रसाद गुप्ता, नेका महासमिति सदस्य मदन कुशवाहा, हरेन्द्रप्रसाद कुशवाहा, धर्मेन्द्रप्रसाद यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए।सचेतना कार्यक्रममा कोभिड–१९ महामारीबाट बच्न सुरक्षित रहनुपर्ने तरीकाबारे जानकारी गराइएको थियो। कार्यक्रमको सञ्चालन […]