२०७७ साउन ३२ गते आइतवारको प्रतीक दैनिक
भारतको ७४औं स्वतन्त्रता दिवस वीरगंजमा मनाइयो
प्रस, वीरगंज, ३१ साउन/भारतको ७४औं स्वतन्त्रता दिवस वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासको कार्यालयमा कार्यक्रमको आयोजना गरी मनाइएको छ।कोरोना सङ्क्रमणको कारण स्वतन्त्रता दिवस दूतावासमा कार्यरत कर्मचारी र तिनका परिवार मात्र सहभागी भएर मनाए। महावाणिज्यदूत नितेश कुमारले झन्डोत्तोलन गरेका थिए। उक्त अवसरमा उनले भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतवासीको नाममा जारी गरेको सन्देश पढेर सुनाएका थिए। कार्यक्रममा स्वागत भाषण […]
कमसल काम भएको भन्दै कालोपत्र बनाउन स्थानीयको रोक
प्रस, ठोरी, ३१ साउन/ वीरगंज–ठोरी सडकखण्ड अन्तर्गत आठघरेदेखि मिलचोकसम्मको कालोपत्र बनाउने काममा स्थानीयले अवरोध गरेका छन्। ठोरी गाउँपालिका–४ को आठघरेदेखि मिलचोकसम्म कालोपत्र गर्ने क्रममा अनियमितता भएको भन्दै स्थानीयले निर्माण कार्यमा अवरोध पु–याएका हुन्। कालिका/बानियाँ जेभीअन्तर्गत निर्माण भइरहेको सो सडकखण्डको कालोपत्र गुणस्तरहीन भएको स्थानीयको आरोप छ। सडक निर्माण गर्दा बिडिएम ५ सेमी बाक्लो बिच्छ्याउनुपर्नेमा कतिपय स्थानमा […]
सालको गोलियासहित ३ वटा टायर नियन्त्रण
प्रस, निजगढ, ३१ साउन/अवैध काठसहित तीनवटा टायरगाडा सशस्त्र वनरक्षकको टोलीले नियन्त्रणमा लिएको छ।डिभिजन वन बारा र भलुवाहीखोरको वनगस्ती टोलीले शुक्रवार दुईवटा सालको गोलिया र पाँच थान बाझीको काठसहित टायरगाडा नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय बाराका प्रमुख एवं डिएफओ मन्जुर अहमदले जानकारी गराएका छन्।बारा र रौतटहको सीमामा पर्ने बकैया खोला किनारामा ढलेको सालको रूखलाई गोलिया बनाइ […]
साढेको आतङ्क
प्रस, पोखरिया, ३१ साउन/पोखरियामा साढेले आतङ्क मचाएको छ। एक दर्जनभन्दा बढी सङ्ख्यामा रहेका साढेले पोखरिया नगरपालिका वडा नं. १, ४, ५, ९ मा आतङ्क मचाएको स्थानीयले बताएका छन्।साढेहरूले सो क्षेत्रमा रहेका खेतमा रोपिएको धानबाली नष्ट गरिरहेको स्थानीय श्रीकृष्ण महतो नुनियाले बताए। एक सातादेखि साँझ भएपछि साढेहरू खेतमा जाने र धानखेती चर्ने गरेको उनले बताए। साढेहरूको […]
पतिको कुटपीटबाट पत्नीको मृत्यु
प्रस, निजगढ, ३१ साउन/निजगढ नगरपालिका–१३ भक्तलालमा बिहीवार पतिको कुटपीटबाट ३९ वर्षीया महिला निर्मला गोले (रूम्बा)को मृत्यु भएको छ।पत्नीको हत्या गरेको अभियोगमा निर्मलाका पति ४३ वर्षीय शुक्ले रूम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीवार बिहान करीब ११ः३० बजे पति–पत्नीबीचको विवादमा आक्रोशित पति शुक्लेले निर्मम कुटपीट गर्दा उनकी पत्नी निर्मलाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।परिवारका सदस्यहरूका […]
बैंकिङ सेवा बन्द हुँदा समस्या
प्रस, बिरुवागुठी, ३१ साउन/ पर्सागढी नगरपालिकामा रहेको एकमात्र निजी बैंक निषेधाज्ञाको कारण बन्द हुँदा समस्या बढेको छ। जिल्ला प्रशासन कार्यालय, पर्साले साउन १९ गतेदेखि जिल्लाभरि निषेधाज्ञा जारी गरेपछि पर्सागढी नपामा रहेको सानिमा बैंकको सेवा बन्द भएको थियो। सेवा बन्द गरिएपछि व्यापारी, किसान, ज्येष्ठ नागरिकहरूले सञ्चित गरेका रकम झिक्न पाएका छैनन्। बैंकिङ सेवा सञ्चालन नहुँदा निषेधाज्ञामा […]
पर्सागढीको स्वास्थ्य सेवा आइतवारदेखि शुरू हुने
प्रस, पर्सागढी, ३१ साउन/पर्सागढी नगरपालिकामा रहेका प्राथमिक स्वास्थ्य केन्द्र र चौकी आइतवारदेखि सञ्चालनमा आउने भएका छन्। स्वास्थ्यकर्मीहरूलाई कोरोना सङ्क्रमण भएपछि बन्द भएको सेवा उनीहरू स्वस्थ भएसँगै सुचारु गर्न लागिएको हो।एउटा प्राथमिक केन्द्र र चारवटा स्वास्थ्य चौकीका सेवा स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि बन्द भएको थियो। बन्द रहेका केन्द्र र चौकीलाई विसङ्क्रमित गरिएको र आइतवारदेखि सेवा सञ्चालनमा […]
कोभिड एक्सन टीम गठन
प्रस, वीरगंज, ३१ साउन/कोभिड एक्सन टीम गठन भएको छ। जिल्ला समन्वय समिति, पर्सामा बसेको बैठकले सभापति नेक महम्मद अन्सारीको संयोजकत्वमा कोभिड एक्सन टीम गठन गरेको हो।समुदायस्तरमा कोरोना फैलिएसँगै नियन्त्रणका लागि सरकारी संयन्त्र तथा स्वास्थ्य संस्थासँग समन्वय गर्न एक्सन टीम गठन भएको हो। टीममा नेपाली काङ्ग्रेस, पर्साका सचिव श्याम पटेल, जसपाका सचिव तबरेज अहमद, नेकपाका सञ्जीव […]
७ महिलासहित २३ जना सङ्क्रमित पुष्टि
प्रस, वीरगंज, ३१ साउन/ नारायणी कोभिड प्रयोगशालाले शनिवार २३ जना सङ्क्रमित पुष्टि गरेको छ। सात महिलासहित २३ जना सङ्क्रमित थप भएका छन्। थप भएका सङ्क्रमित अधिकांश कन्ट्याक्ट टे«सिङमा र एकजना निजी खर्चमा पिसिआर परीक्षण गराएका थिए। आज थपिएका सङ्क्रमितमा क्वारेन्टाइन र कोभिड विशेष अस्पतालमा भोजन व्यवस्थापन गर्दै आएको हिमाल भान्साघरका एकजना, कोभिड विशेष अस्पताल वीरगंज […]