कोभिड एक्सन टीम गठन

0
226

प्रस, वीरगंज, ३१ साउन/
कोभिड एक्सन टीम गठन भएको छ। जिल्ला समन्वय समिति, पर्सामा बसेको बैठकले सभापति नेक महम्मद अन्सारीको संयोजकत्वमा कोभिड एक्सन टीम गठन गरेको हो।
समुदायस्तरमा कोरोना फैलिएसँगै नियन्त्रणका लागि सरकारी संयन्त्र तथा स्वास्थ्य संस्थासँग समन्वय गर्न एक्सन टीम गठन भएको हो। टीममा नेपाली काङ्ग्रेस, पर्साका सचिव श्याम पटेल, जसपाका सचिव तबरेज अहमद, नेकपाका सञ्जीव मिश्र, नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष अनुप तिवारी, वीरगंज उद्योग वाणिज्य सङ्घका सचिव मनोजकुमार दासलगायत छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here