पर्सागढीको स्वास्थ्य सेवा आइतवारदेखि शुरू हुने

0
268

प्रस, पर्सागढी, ३१ साउन/
पर्सागढी नगरपालिकामा रहेका प्राथमिक स्वास्थ्य केन्द्र र चौकी आइतवारदेखि सञ्चालनमा आउने भएका छन्। स्वास्थ्यकर्मीहरूलाई कोरोना सङ्क्रमण भएपछि बन्द भएको सेवा उनीहरू स्वस्थ भएसँगै सुचारु गर्न लागिएको हो।
एउटा प्राथमिक केन्द्र र चारवटा स्वास्थ्य चौकीका सेवा स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि बन्द भएको थियो। बन्द रहेका केन्द्र र चौकीलाई विसङ्क्रमित गरिएको र आइतवारदेखि सेवा सञ्चालनमा आउने स्वास्थ्य शाखा प्रमुख योगेन्द्र पञ्जियारले बताए। मौसममा परिवर्तन भएसँगै ज्वरो, रुघाखोकी, झाडापखाला, एलर्जी, टाउको दुख्ने जस्ता रोगबाट पीडितहरूको सङ्ख्या बढिरहेको र स्वास्थ्य चौकीको सेवा बन्द हुँदा समस्या भएको भन्दै थुप्रै गुनासा आएपछि सेवा सुचारु गर्न लागेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here