जीवनपथ

• नवराज रिजाल “मालिक १ तनी दया…” चनरदेव बोल्यो, उसका पछाडि एक हुल बनिहारा थिए । “हजुरले नै भन्नुभएको थियो– तिमीहरूका माग उपर पनि पूरा विचार गरिनेछ तर यत्तिका वर्ष बितिसके,” उसको आँखामा आँसु टिलपिलायो । खरियानमा थुप्रिएको मुसुरो देखेर तिनीहरूले थुक निले । फागुनको अन्तिम साता घाम चर्किसकेको छ । मालिक पीपलको फेदमा छाता […]

संस्कृति

• डा शिवशङ्कर यादव अन्ततः गङ्गा र यमुनाले संस्कृतिलाई फकाउनमा सफल भए । उनीहरू फोहोर भइ नै सकेका थिए । संस्कृतिलाई पनि त्यसै फोहोरमा धकेल्न सफल भए । देउसीबारीकी संस्कृति बहिनी परम्परा र संस्कारसँग उच्च शिक्षाको रहर लिएर कान्तिपुर आए । परम्परा कान्तिपुर हेर्ने रहर लिएर आएकी थिइन् र उसको चकाचौंध हेरेर फर्किन् कि कुनै […]

मतान्तर

• नवराज रिजाल “एक”ले आफूलाई सबभन्दा राम्रो भएको उद्घोष ग¥यो । केही मानिसहरू त्यता लागे । पछि “दुई” पनि सोही विचार लिएर देखा प¥यो । केहीका आँखाहरू त्यतातिर पनि अलमलिए । यसको लगत्तै “तीन” देखा प¥यो । अघिका दुई विचारभन्दा आफू हरतरहले उपयुक्त, यथार्थ र वस्तुवादी भएको दाबी उसले पनि ग¥यो । एक र दुईमा […]

धूर्तता

• नवराज रिजाल “हाम्रो विचारबाट एक पाइलो पछि हट्दिनँ । कर्तव्यमा डराउन्नँ । सबै भावनाको समानरूपमा पूजा गर्छु । मेरा हरेक कार्यमा यहाँहरूको संलग्नता रहनेछ,” मजदूर नेताले उद्घोष गरे । समर्थनको ताली बज्यो । बन्द अभूतपूर्वरूपमा सफल भयो । हप्तौं कारखानाको मूल ढोकामा ताला मारियो । केही माग पूरा गरिए । अन्य माग दुई महीनाभित्र […]

सीता र फुलवानी

• डा शिवशङ्कर यादव भारतको बैकुण्ठपुरकी सीताको बिहे नेपालमा बिसुनपुरका रामचन्द्रसँग भएको थियो । माइतिमा सीताकी एकजना साथी थिइन्, फुलवानी । एक हिन्दू, अर्की मुस्लिम तर दुवैबीच केटाकेटीदेखि नै नङ्ग–मासुको सम्बन्ध थियो । दुवै सँगै खेल्थे, खेतबाट सागसब्जी टिप्थे र परे झगडा पनि गर्थे । संयोग कस्तो कि फुलवानीको निकाह पनि बिसुनपुरकै अमजद अलीसँग भयो […]

सिनेमा–सिनेमा

• कुमार रुपाखेती तेलुगु, तमिल, कन्नड, मलायलमका दक्षिणी सिनेमाले भारतका मुम्बइया हिन्दी सिनेमाको हुर्मत लिन थालेको छ । भारतका साथ दक्षिणी सिनेमाले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा कमाल नै गर्न थालेको छ । मुम्बइया हिन्दी सिनेमाप्रेमीहरूसमेत अचेल दक्षिण भारतीय सिनेमाको पारखी बन्न थालेका छन् । विगतमा भारतमा बम्बइया हिन्दी सिनेमाको एकछत्र साम्राज्य तोड्दै अहिले दक्षिण भारतीय […]

डा अम्बेडकरको सङ्घर्ष (अपहेलितदेखि अति सम्मानितसम्म)

सुशील मुडभरी डा बाबा भीमराव अम्बेडकरले जीवनको सुरूआती अवस्थामा सा–है नारकीय, कष्टकर र सङ्घर्षपूर्ण जीवन बिताउनुपरेको थियो भने जीवनको पछिल्लो अवस्थामा अति सम्मानित व्यक्तित्व हुन सक्नुभएको थियो। जन्मदा अम्बेडकर … उहाँ शुद्र अछूत ‘मछार’ जातिको भीमराव सकपाल दलित मात्र हुनुहुन्थ्यो तर पछि उहाँ डा बाबा भीमराव अम्बेडकर बन्नुभयो। शुद्र दलित भनिने गरेका गरीब कुलमा पनि […]

मानवता

नवराज रिजाल “दाइ, मेरो अस्मिता बचाइदिनुस्   पछ्याउँदै एक हुल नरपशुहरू आइरहेछन्। रोएँ, कराएँ, दयाको भीख मागें सुनेनन्। उहाँलाई भेट्न हिजो गाउँबाट आएकी। कोठा छाडिसक्नुभएछ। भोलि घर फर्कन्छु। केवल आजको चार प्रहर रात,” यसरी अभिव्यक्त भएकी थिई ऊ र आँखाबाट मोतीका दाना झरिरहेका थिए। कपाल अस्तव्यस्त देखिन्थ्यो। अनुहार भयभीत र शरीर लगलग काम्दै थियो। केही […]

साइनो

डा छायादत्त न्यौपाने ‘बगर’ विचलित प्रकृति  मान्छेसँग मान्छे छैन कारिन्दा कर्तव्य गर्दैन ?   कस्तो राम्रो निर्णय ! मरे मरून् भोकाहरू महानगरीय सौन्दर्य ?   प्रकृति र जीवन  निरन्तर गतिशील  नवीन सिर्जनानुभूति !   अघि अघि हिंड्छु म नीति नियम छल्छु म साथीभाइलाई ढाँट्छु म ?   आफैं पुरिने खाल्डो बोक्सीका अँध्यारा कुरा खुलेन चेतनाको […]

शहीद पुत्र

• नवराज रिजाल “नारा, जुलूस, बन्द र अभिव्यक्ति स्वतन्त्रता प्रजातन्त्रका शोभा हुन् । देशले शहीदका सन्तति र परिवारलाई सम्झन्छ पनि तर धैर्य गर्न सक्नुपर्छ ।” युवा समाजले आयोजना गरेको शहीद श्रद्धाञ्जलिसभामा अतुलले मन्तव्य राखे । सभास्थल खचाखच भएपनि श्रोताहरूको आगमन स्थगन भइसकेको थिएन । उनी शहीद परिवार संरक्षण मञ्चका महासचिव भएकाले परिवार उनीप्रति आशावादी देखिन्थे […]

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्