कुमार रुपाखेती
हेलिकप्टर दुर्घटनाबाट बल्लतल्ल बाँचेका अल्पमतका प्रधानमन्त्री मनमोहन अधिकारीलाई सत्ताबाट झार्न गिरिजाप्रसादहरूले अनेक तिकडम गर्न थालेपछि एमालेले आगामी आमनिर्वाचनका लागि एउटा नारा घन्कायो, नाराको बोल थियो– “आगामी सरकार एमालेको, अल्पमतको होइन बहुमतको ।”
यो नारा घन्काएको झन्डै अढाई दशक अर्थात् २५ वर्षपछि एमाले रमाओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीले बहुमत मात्र होइन झन्डै दुई तिहाइ बहुमत प्राप्त ग¥यो, सरकार बनायो । तर यही नारा नेकपाका लागि अभिशाप बन्यो । कुकुरलाई घ्यू नपचेझैं भयो । भस्मासुर पारामा नेकपा दुई फ्याँक भएको छ । भुरा कम्युनिस्टहरूलाई त आफ्ना पूर्वनेता मनमोहन अधिकारीबारे थोरबहुत पनि जानकारी नहोला । मनमोहनलाई संस्थापक कम्युनिस्ट नेता मानिन्छ । त्यतिखेर नेकपा माक्र्सवादीका नेता मनमोहन अधिकारीलाई पार्टी अध्यक्ष बनाएर मदन भण्डारी महासचिव बनेका थिए, अनि त्यसपछि यो पार्टीको नाम नेकपा एमाले राखिएको हो । २०४६ सालको जनआन्दोलनमा मनमोहन अधिकारीले अहम् भूमिका निर्वाह गरेका थिए । मनमोहन सरकारका उपप्रधानमन्त्री माधव नेपालले हेलिकप्टर दुर्घटनामा परी अस्पताल भर्ना भएका मनमोहनको शøयानजीक उभिएर रुन्चे–पिन्चे पारामा काङ्ग्रेसलाई कोस्दै राष्ट्रको नाममा सन्देश दिएका थिए ।
एकताका नेकाले माले, मसाले, मण्डले, कुण्डले एउटै हुन् भन्दै लगाएको आरोप अहिले ओली, प्रचण्ड, माधवले सत्य साबित गरिदिएका छन् । एकअर्काको मानमर्दनमा व्यस्त नेकपाका सर्वेसर्वाहरूले आफ्नो घरझगडाको राप र तापको भुङ्ग्रो सिङ्गै मुलुकमा पैmलाइरहेका छन् । जाबो पार्टी एकीकरण गर्न नसक्नेहरूले मुलुकलाई कसरी एकताको सूत्रमा बाँध्लान् भन्ने अहम् प्रश्न आम जनतासामु खडा भएको छ । पृथ्वीनारायण शाहले सदीऔंअगाडि एकीकरण गरेको नेपाललाई यी आफ्नो घर पनि नबनाउने र अर्काको पनि भत्काइदिने राजनीतिक बाँदरहरूले कसरी अक्षुण्ण राख्लान् ?
शाहकालीन नेपालमा निर्माण गरिएका उत्पादनमूलक, नाफामूलक र रोजगारमूलक सङ्घसंस्था, कलकारखानाहरू एक/एक गरी धराशयी पार्ने, कबाडमा परिवर्तन गर्ने गणतान्त्रिक नेपालका नेताहरू अब सिङ्गो मुलुक र जनतालाई विदेशीको चाकर बनाउन उद्यत देखिन्छन् । संसद् ब्यूँताउने कि निर्वाचन गर्ने खेलका नायक अब विस्तारवादी विदेशी बनेका छन् । सिङ्गो मुलुक रणभुल्लमा परेको यो संवेदनशील बेलामा समेत नेकपाका नेताहरू लाजै नमानी सत्ता कसरी हत्याउने भन्ने तानाबाना बुन्न व्यस्त देखिन्छन् ।
भनिन्छ, ओलीको टोली र प्रचण्ड– माधवको समूह दुवै विदेशी इशारामा कठपुतलीझैं नाचिरहेका छन् । वेश्याले नैतिकता र सदाचारको भाषण गर्नु र यिनीहरूले आपूmलाई दूधले धोएको
चोखो साबित गर्नु बकवास मात्र हो । गधालाई दूधले धोएर गाई बनाउन सकिंदैन भन्ने बच्चाबच्चालाई थाहा भएको कुरा हो ।
संसद् पुनस्र्थापना अथवा ताजा जनादेश जनताको रुचि नभएर नेकपाको दुई खेमाको जुँगाको लडाइँ मात्र साबित भएको छ । आफ्नो आमसभालाई जनआन्दोलनसँग दाँजेर यिनले जनआन्दोलनको गरिमालाई घटाएको देखिन्छन् । अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरभन्दा घटियास्तरमा उत्रेर यिनीहरूले प्रजातन्त्र र लोकतन्त्रको उपहास गरिरहेको जताततै देख्न सकिन्छ । यिनको यस्तै आचरणले गर्दा गणतन्त्रको संरक्षण र प्रतीक मानिने राष्ट्रपतिको पदसमेत अविश्वासको अचानोमा परेको छ । नेपालमा कम्युनिस्ट पार्टी छ तर कम्युनिस्ट मान्छे छैनन् भन्ने विगतको आरोपसमेत यिनले सत्य साबित गरिदिएका छन् । आपसी कलह र पदको लडाइँमा सरकारको महŒवपूर्ण तीन वर्ष खेर फालेका यिनीहरूले अहिले मुलुकलाई विदेशीहरूको खेलमैदानमा परिणत गरिदिएका छन् । दुष्टले मरेपछि पनि दुःख दिन्छ भनेझैं जाँदाजाँदै यिनले मुलुकको राष्ट्रिय अखण्डता, स्वतन्त्रता, साम्प्रदायिक सद्भावसमेत खल्बल्याएर रडाको मचाएर जान थालेका छन् ।
सत्तामा रहँदा आफन्त रोज्ने र आन्दोलन गर्न जनता खोज्ने यिनको आचरण सबैले बुझिसकेका छन्, त्यसैले त यिनका सभाहरूमा भाडाका टट्टुबाहेक आम जनताले रुचि नै देखाएका छैनन् । ओली, प्रचण्डहरूको प्राइभेट कम्पनी बनेको नेकपाका दुवै समूहलाई अहिले ‘सूर्य’ चिह्न चाहिएको कुरा सुन्दा हाँसो उठ्छ । ‘बेला न कुबेला बजि नेला’ भन्दै सूर्यमा ग्रहण लगाउने यिनै हुन् । २०४३ सालमा पञ्चायतकालमा पद्मरत्न तुलाधरले सूर्य चिह्नबाट चुनाव लडी अत्यधिक बहुमतले विजयी बनेपछि एमालेहरूले सूर्य चिह्नलाई आफ्नो प्रतीक बनाएका हुन् । ओलीको गति भोलि के होला थाहा छैन, चीसो सडकमा ‘हामी यहाँ छौं’ भन्दै बस्ने प्रचण्ड–माधव हिजो कहाँ थिए भन्ने प्रश्न पनि कम महŒवपूर्ण छैन ।
अर्को रोचक कुरा के छ भने ओलीले अन्तिमपटकको मन्त्रिमण्डल पुनर्गठनमा समेत समानुपातिक सांसद आफ्नी पत्नी तुलसा थापालाई भाउ नदिएपछि रन्थनिएका वामदेव गौतम अचेल तेस्रो धार भन्दै एकताको बिगुल फुकेको नाटक गर्दैछन् । त्यसो त अदालतबाट झर्ला र खाउँला भन्दै ओली, प्रचण्ड, माधवहरू आआफ्नै अनुकूल डम्पूm बजाउँदै छन् । विघटित संसद्का कतिपय सांसदहरू झटारो लागी खसेको काँचो आँप भएका छन् र बाँकी दुई वर्षको तलबभत्ता, सुविधा, दशैं खर्च, संसदीय विकास कोषको रकम सम्झेर रुँदै बसेका देखिन्छन् । काङ्ग्रेसलगायतका केही भारेटाकुरे दलहरू मध्यावधि निर्वाचन भए अवसरको रूपमा प्रयोग गर्ने भन्दै हौंसिएका छन् ।
संसद् पुनस्र्थापना भएपनि सत्तामा यिनीहरू नै पुग्ने, नयाँ जनादेशको नाममा समेत यिनीहरूकै हालीमुहाली चल्ने भएकाले, भोलिका दिनमा समेत मुलुकले नयाँ निकास नपाउने निश्चित छ ।
तसर्थ ‘कौवालाई बेल पाक्यो, हर्ष न बिस्मात’को यस्तो अवस्थाबाट मुलुकलाई मुक्त पार्न नयाँ शक्ति अवतरण हुन जरुरी छ । अस्तु ।