३२ जना वटुकको सामूहिक व्रतबन्ध

प्रस, वीरगंज, ३ चैत/
ब्राह्मण समाज गुठी वीरगंजले आइतवार सामूहिक व्रतबन्ध गरेको छ ।

माईस्थान पार्कमा आयोजित सामूहिक व्रतबन्ध समारोहमा ३२ जना वटुक सहभागी भएको समाजका संयोजक अनिल रिजालले बताए ।

उनले तीन वर्षदेखि सामूहिक व्रतबन्ध गराउँदै आएको र प्रत्येक वटुकबापत तीन हजार शुल्क लिने गरिएको बताए । तीन हजारमा वटुकहरूका लागि पहिरन, पूजा सामग्री, पुरोहित खर्च सबै समाजले बेहोर्ने उनले बताए । सामूहिक व्रतबन्धका सम्पूर्ण विधिको खर्च समाजले बेहोरेको उनले बताए । सामूहिक व्रतबन्ध गर्दा खर्च कम लाग्ने हुनाले सहभागिता बढेको उनले बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्