‘साह के आह’ पुस्तकको विमोचन

प्रस, वीरगंज, ६ फागुन/
कवि छोटेलालप्रसाद साहको रचना ‘साह के आह’ भोजपुरी कविता सङ्ग्रहको लोकार्पण गरिएको छ ।

विन्ध्यवासिनी गाउँपालिकाको बहुअर्वाभाठा सभाहलमा मङ्गलवार गापाध्यक्ष प्रमोद तिवारीले पुस्तकको लोकार्पण गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले कवि साहले भोजपुरी साहित्य क्षेत्रमा पुस्तक लेखेर योगदान दिएकोमा उनको प्रशंसा गरेका थिए ।

कार्यक्रममा भाषा आयोगका सभासद साहित्यकार गोपाल अश्क, साहित्यकार तथा भोजपुरी प्रतिष्ठान वीरगंजका सल्लाहकार प्रमोद पाण्डे हेरम्ब, ध्रुवसिंह ठकुरी, अजमत अलिलगायतको सहभागिता थियो ।

कवि साहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य गापा उपाध्यक्ष ज्योति चौरसिया र वडाध्यक्ष अच्छेलाल महतोले गरेका थिए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्