नाम स्मार्ट, काम सुस्त

प्रस, वीरगंज, ६ फागुन/ सवारी चालक अनुमतिपत्र स्मार्ट बनाएर वितरण शुरू भएदेखि सेवाग्राहीले ढिलो पाएर सास्ती भोग्दै आएका छन् । स्मार्ट कार्डका लागि अहिले तीन वर्षदेखि सामान्य सेवाग्राही लाइनमा छन् तर पाउन सकेका छैनन् । स्मार्ट कार्ड लागू भएको पनि करीब एक दशक हुन लाग्यो । यसबीचमा स्मार्ट कार्ड सहज पाएको उदाहरण छैन । कहिले […]

बीमासम्बन्धी अन्तक्र्रियामा गुनासै गुनासा

प्रस, पंचगावाँ, ६ फागुन/ नेपाल बीमा प्राधिकरण मधेस प्रदेशले मङ्गलवार सखुवाप्रसौनी गाउँपालिकामा बीमा प्रवद्र्धनात्मक अन्तत्र्रिmया तथा छलफल कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीले आम नागरिकको विश्वास जित्न नसकेको, बीमा दाबी भुक्तानी सहज नभएको, समयमा भुक्तानी नदिने गरेको, जानकारीहरू लुकाएर राख्ने गरेको, बीमा दाबीपछि कम्पनीले कति समयमा क्षतिपूर्ति दिने गरेको, नेपालमा बीमा कम्पनीहरूको अवस्था, […]

लम्सालको लागि न्याय माग गर्दै वीरगंजमा प्रदर्शन

प्रस, वीरगंज, ६ फागुन/ भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा मृत फेला परेकी प्रकृति लम्साललाई न्यायको माग गर्दै मङ्गलवार वीरगंजमा प्रदर्शन भएको छ । वीरगंज कलेज अफ लका विद्यार्थी तथा विद्यार्थी सङ्गठनका नेताहरूको सहभागितामा आज साँझ घण्टाघरमा प्रदर्शन भएको हो । नेविसङ्घ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी सङ्गठनमा आबद्ध विद्यार्थीहरूले लम्सालको न्यायको माग गर्दै […]

सत्य र निष्पक्ष पत्रकारिता गर्नुपर्छ –मन्त्री क्षत्री

प्रस, वीरगंज, ६ फागुन/ मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षत्रीले पत्रकारले सदैव विश्वसनीय र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्ने बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस) वीरगंज कार्यालयले बुधवार जिल्ला प्रशासन कार्यालय, पर्साको सभाकक्षमा ६४औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका’ विषयक अन्तत्र्रिmयामा मन्त्री क्षेत्रीले राससले आधिकारिक र विश्वसनीय […]

रिलिफ सोसाइटीको ३३औं वार्षिकोत्सव सम्पन्न कर्मवीर बिहारी लाठ पुरस्कार चौधरीलाई

प्रस, वीरगंज, ६ फागुन/ रिलिफ सोसाइटी अफ कमर्सको ३३औं वार्षिकोत्सव मङ्गलवार सम्पन्न भएको छ । वीरगंजका समाजसेवी रूँगटा वेलफेयर सोसाइटीका संस्थापक मुरलीधर रूँगटाले रिलिफ सोसाइटी अफ कमर्सको ३३औं वार्षिकोत्सव समारोहको उद्घाटन गरेका थिए । उनले सामाजिक काममा रिलिफले काम गर्दै आएको बताए । कार्यक्रममा उनले यस वर्षको स्व बिहारीलाल लाठ कर्मवीर सम्मानबाट ह्दयनारायण चौधरीलाई सम्मानित […]

स्वच्छ चुलो परियोजनाद्वारा विद्युतीय चुलोको प्रदर्शनी

नरेश यादव, पर्सागढी, ६ फागुन/ वीरगंज महानगरपालिका–३१ मिलनचोकमा स्वच्छ चुलो परियोजना अन्तर्गत क्लिन कूकिङ अलायन्स र सस्टेनेबल प्रोस्पेरिटिस इनिसिएटिभ नेपालको आयोजना तथा दिव्य विकास स्रोत केन्द्र पर्साको सहकार्यमा विद्युतीय चुलो प्रदर्शन गरिएको छ । सो प्रदर्शनीको अवलोकन गर्दै आज सयभन्दा बढीले विद्युतीय चुलो बूकिङ गरेको आयोजकले जानकारी गराएको छ । क्लिन कूकिङ अलायन्सका नीति विशेषज्ञ […]

९४ प्रतिशत किशोरीले एचपिभी खोप लगाए

प्रस, वीरगंज, ६ फागुन/ पर्सा जिल्लामा महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप ९४ प्रतिशत किशोरीले लगाएका छन् । एचपिभी खोप अन्तर्गत मङ्गलवार अन्तिम दिन दुई हजार १०७ जना किशोरीले यो खोप लगाएसँगै पर्सा जिल्लामा ३६ हजार ३६३ जना किशोरीले खोप लगाएको र यो लक्ष्यको ९४ प्रतिशत रहेको स्वास्थ्य कार्यालय, पर्साका फोकल पर्सन जयमोद ठाकुरले […]

शिक्षक महासङ्घद्वारा पालिकाहरूमा ज्ञापन

प्रस, वीरगंज, ६ फागुन/ नेपाल शिक्षक महासङ्घ अन्तर्गत पर्साका १४ वटै शाखाले पालिकास्तरमा मङ्गलवार ज्ञापन बुझाएका छन् । वीरगंज महानगरका अध्यक्ष प्रदीप जैसवालले आज महानगरको शिक्षा महाशाखामा ज्ञापन बुझाएका थिए । यसैगरी, केन्द्रीय कार्यक्रम अन्तर्गत ठोरी गाउँपालिका समितिले विभिन्न शैक्षिक एवं पेशागत मागहरू राख्दै ज्ञापनपत्र बुझाएको छ । गापा कार्यालय, घ्याङडाँडामा गापाध्यक्ष लालबहादुर श्रेष्ठलाई ज्ञापनपत्र […]

प्याब्सन अन्तरविद्यालय प्रतियोगिताः क्रिकेट र फूटबलमा सात खेल

प्रस, वीरगंज, ६ फागुन/ प्याब्सन, नेपाल मेडिसिटी अन्तरविद्यालय क्रिकेट तथा फूटबल प्रतियोगिता अन्तर्गत मङ्गलवार दोस्रो दिन सातवटा खेल सम्पन्न भएका छन् । क्रिकेटतर्फ आज तीनवटा खेल भएकामा यस अन्तर्गत पहिलो खेलमा अल्पाइन स्कूल सफल एकेडेमीबाट वाकओभर पाएर विजयी भयो । सफल एकेडेमी निर्धारित समयमा उपस्थित नभएपछि अल्पाइन विजयी घोषित भएको प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले […]

‘साह के आह’ पुस्तकको विमोचन

प्रस, वीरगंज, ६ फागुन/ कवि छोटेलालप्रसाद साहको रचना ‘साह के आह’ भोजपुरी कविता सङ्ग्रहको लोकार्पण गरिएको छ । विन्ध्यवासिनी गाउँपालिकाको बहुअर्वाभाठा सभाहलमा मङ्गलवार गापाध्यक्ष प्रमोद तिवारीले पुस्तकको लोकार्पण गरेका थिए । कार्यक्रममा सहभागीहरूले कवि साहले भोजपुरी साहित्य क्षेत्रमा पुस्तक लेखेर योगदान दिएकोमा उनको प्रशंसा गरेका थिए । कार्यक्रममा भाषा आयोगका सभासद साहित्यकार गोपाल अश्क, साहित्यकार […]

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्