प्रस, वीरगंज, २० माघ/

पटेर्वासुगौली गाउँपालिका–२ रङ्गपुर खोलाबगरमा गत पुस २६ गते भेटिएको शिशुलाई एक दम्पतीले संरक्षणमा लिएको छ। 

त्यस दम्पतीले कानूनी प्रक्रिया पूरा गरी बेवारिसे शिशुलाई आधिकारिकरूपमा जिम्मा लगाइएको गापा उपाध्यक्ष्F ममतो महतोले जानकारी गराइन्।

विगत एक महीनादेखि नवजात शिशुको उपचार तथा हेरचाह नारायणी अस्पतालको ओसिएमसी वार्डमा भइरहेको थियो। 

पालिका अन्तर्गत रहेको महिला तथा बालबालिका विकास शाखाको निर्णय अनुसार बेवारिसे शिशुलाई जिम्मा लगाउन पालिकास्तरबाट निर्णय भएको र सोही अनुसार हकदाबी गर्न सार्वजनिक सूचना प्रकाशित गरिएको र कसैले हकदाबी नगरेपछि संरक्षणमा लिन चाहने दम्पतीका लागि पनि दोस्रोपटक सूचना प्रकाशित गरिएको उपाध्यक्ष्F महतोले बताइन्। 

पहिलोपटक हकदाबीको लागि सूचना निकाल्दा कोही नआएपछि संरक्षण लिनको लागि पुनः सूचना निकाल्दा रौतहटको एक दम्पतीलाई सबै प्रक्रिया पूरा गरी जिम्मा लगाइएको उपाध्यक्ष्F महतोले बताइन्। त्यस दम्पतीले बच्चा नभएको कारण खुलाएको, चिकित्सकको सिफारिश, सम्पत्तिको विवरण, वडाको सिफारिश लिएर पटेर्वासुगौली गापाको कार्यालयमा पुगेको थियो। 

त्यस दम्पतीको आर्थिक–सामाजिक अवस्था, घरपरिवारमा सम्पत्तिको बाँडफाँडबारे तथ्यगत प्रमाण जुटाइ मात्र शिशु बालिकालाई जिम्मा लगाइएको गापा कार्यालयले जनाएको छ। शुक्रवार त्यस दम्पतीले नारायणी अस्पतालबाट बच्चा बुझेको र सोमवार न्वारन गरी कानूनीको प्रक्रिया पूरा गरेपछि बच्चाको जन्मदर्तासहित सम्पत्तिमा हकदाबी पाउने गरी जिम्मा लगाइएको उपाध्यक्ष महतोको भनाइ छ।

बङ्कुल खोलाको बगरमा बालिका भेटिएको थियो। प्रहरी चौकी रङ्गपुरको टोलीले बच्चालाई आफ्नो जिम्मा लिई उपचारको लागि नारायणी अस्पतालमा पु–याएको थियो। 

यता प्रहरीले बच्चा कसको हो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। पहिचान खुलेमा कानून अनुसार कारबाई हुने पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here