प्रस, वीरगंज, २० माघ/

देशभरका सामुदायिक विद्यालयमा शुद्ध तथा स्वच्छ खानेपानीको व्यवस्था गरिने खानेपानीमन्त्री प्रदीप यादवले बताएका छन्। साउथ जोन सेकेन्ड्री स्कूलको १६औं वार्षिकोत्सव कार्यक्रममा 

उनले देशभरिका विद्यालय निश्शुल्क  धारा जडानको व्यवस्था गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। अहिलेसम्म कुल जनसङ्ख्याको २७ प्रतिशतले खानेपानी सेवा लिइरहेकामा मन्त्रालयले आगामी एक वर्षभित्र शुद्ध खानेपानीको पहँुचलाई ५७ प्रतिशत जनसङ्ख्यासम्म पु–याउने लक्ष्यसहित काम गरिरहेको मन्त्री यादवले बताए। 

खानेपानी जडान तथा वितरण गर्न शिक्षा मन्त्रालयका सहसचिव र खानेपानी मन्त्रालयका सहसचिव इन्जिनीयर मीना श्रेष्ठको नेतृत्वमा विशेष टोली गठन भइसकेको उनले बताए। देशभरिका सामुदायिक विद्यालयहरूमा निश्शुल्क शुद्ध खानेपानी जडान तथा वितरण कार्य चाँडै नै शुरू हुने उनले बताए। कार्यक्रममा उनले अभिभावकहरूले आआफ्नो जिम्मेवारी वहन गर्दै आफ्ना नानीबाबुहरूले एक वर्षमा विद्यालयमा के सिके, तिनको पढाइको स्तर, खेलकूद तथा अन्य क्रियाकलापमा उनीहरूको सहभागिताबारेमा चासो राख्नुपर्ने आवश्यकतामाथि जोड दिएका थिए।

विद्यालयबाट घर फर्किएपछि विद्यार्थीहरूको गृहकार्य, अध्ययन तथा अन्य गतिविधिमा अभिभावकहरूले ध्यान दिनु नै आफ्नो बालबालिकाको भविष्य सपार्नु हो, मन्त्री यादवको भनाइ थियो।

प्रधानाध्यापक सरोजप्रसाद चौधरीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, पर्साकी नवनिर्वाचित महिला उपाध्यक्ष नीलिमा पौडेललाई खानेपानी मन्त्री यादवले सम्मानित गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here