सडक दुर्घटना वा अन्य दुर्घटनामा मृत्युको कारण अत्यधिक रक्तस्रावले हुन्छ । तर यसको प्राथमिक उपचार समयमा गरियो र रक्तस्राव रोक्न सकियो भने मानिसको ज्यान बचाउन सकिन्छ । तर भारत, आइआइटी कानपुरमा एउटा स्पन्ज तयार गरिएको छ, जसले एक मिनेटभित्र रगत बग्नबाट रोक्छ ।
यो स्पन्ज आइआइटी कानपुरको भौतिक विज्ञान र इन्जिनीयरिङ विभागले समुद्री घाँसबाट तयार पारेको हो । यो प्रभावकारी छ । धेरै प्रयोगशालामा यसको परीक्षण पनि भइसकेको छ र यसको पेटेन्ट पनि प्राप्त भइसकेको छ । यो स्पन्ज समुद्रभित्र हुने रातो घाँसबाट तयार गरिएको हो । जसको नतीजा निकै सकारात्मक छ । यसलाई एउटा उत्कृष्ट रक्तस्राव रोकथाम प्राथमिक उपचारको रूपमा प्रयोग गर्न सकिन्छ ।
सडक दुर्घटना वा कुनै पनि दुर्घटनामा प्राथमिक उपचार सबैभन्दा महŒवपूर्ण हुन्छ । प्राथमिक उपचारमा यदि तपाईं रक्तस्राव रोक्न चाहनुहुन्छ भने यस घाँसले राम्रो काम गर्छ । किनभने चोटपटकका कारण रगत जम्न आठ मिनेट लाग्छ तर यस स्पन्जले मात्र एक मिनेटमा रगत बग्न रोक्छ र त्यहाँ क्लोटिङ गराउँछ । जसले गर्दा अत्यधिक रक्तस्राव हुँदैन । यो स्पन्ज तयार गर्ने आइआइटी कानपुरका अनुसन्धानकर्ता कौशलले भने हामीले बनाएको स्पन्जले कुनै पनि कुरा सुकाउँछ, त्यस कारण हामीलाई विचार आयो, यस्तो स्पन्ज तयार गर्ने जसले रगतलाई शान्त बनाउँछ र क्लोटिङमा मदत गर्छ । यसपछि हामीले धेरै अध्ययन र अनुसन्धान गरेर समुद्री घाँसबाट सेल्युलोज तयार ग¥यौं, जुन बायोडिग्रेडेबल पदार्थ हो । यो धेरै प्रभावकारी साबित भयो । यसको परीक्षण पशुमाथि ग¥यौं, जुन सफल भएको छ साथै प्रयोगशाला परीक्षणमा पनि नतीजा राम्रो आएको छ । अब यसको मानवीय परीक्षण चाँडै शुरू गर्ने तयारी भइरहेको उनले बताए ।