केही समययता जया बच्चन र उनकी बुहारी ऐश्वर्या राय बच्चनको सम्बन्धलाई लिएर मानिसहरूले धेरै कुरा बनाउन थालेका छन् । एउटा अन्तर्वार्ता पनि भाइरल भइरहेको छ, जसमा जया बच्चनले बुहारी र छोरीमा फरक हुने बयान दिएका छन् ।
सासू र बुहारीको सम्बन्ध सधैं विवादले घेरिएको हुन्छ । आधुनिक समाजका महिला पनि यसबाट अछूतो छैनन् । यस्तो अवस्थामा अभिनेत्री जया बच्चन र ऐश्वर्या राय बच्चन सासू र बुहारीको जोडी हालै धेरै ट्रोलिड्ढो सामना गरिरहेका छन् ।
बच्चन परिवारमा चलिरहेको घरेलु कलह कसैबाट लुकेको छैन । ऐश्वर्या राय केही समयदेखि छोरी आराध्यासँग अलग्गै बस्दै आएकी छन् । अम्बानी परिवारको वैवाहिक समारोहमा पनि उनी ससुराली घरदेखि टाढा देखिन्थिन् । ऐश्वर्या रायले चाँडै अभिषेक बच्चनसँग डिभोर्स गर्ने अनुमान गरिएको थियो । जुनियर बच्चनले हालै यस्तो केही भइरहेको छैन भन्ने जवाफ दिएका छन् । तर यसैबीच जया बच्चनको एउटा अन्तर्वार्ता भाइरल भइरहेको छ, जसमा उनी कस्ती सासू हुन् ? यसमा उनले बोल्ड जवाफ दिएकी छन् ।
एउटा पुरानो अन्तर्वार्तामा जया बच्चनले छोरी र बुहारीमा फरक हुने बताइन् । छोरी भएको नाताले तपाईंले आफ्ना आमाबुबालाई धेरैपटक बेवास्ता गर्न सक्नुहुन्छ । तर बुहारीले यो गर्न सक्दिनन् । तर अहिले कुरा फेरिएको छ । उनले आफ्नी सासू धेरै कडा भएको पनि बताइन् ।
तपाईं कस्तो सासू हो ?
यसको जवाफ दिंदै जया बच्चनले भनिन् कि उनी (ऐश्वर्या) मेरी बुहारी हुन्, मेरी छोरी होइनन् । त्यसैले म उनीप्रति कत्ति पनि कडा छैन । उनले भनिन्, “म विश्वस्त छु कि उनको आमाले उनको लागि यो गरेको हुनुपर्छ ।”
जया बच्चनको विचार किन एकदम सही छ ?
सासू र बुहारीको सम्बन्धमा सम्मान हुनु जरुरी छ । यो तबमात्र सम्भव हुन्छ, जब तपाईंले घरमा आउने नयाँ सदस्यलाई ठाउँ दिनुहुन्छ । यो महसूस हुन दिन्नौं कि उसले आजसम्म जे सिकेको छ, त्यो गलत हो ।