सम्बन्धप्रति सधैं होशियार रहनुपर्छ किनकि तपाईंको एउटा गलत निर्णयले सम्पूर्ण जीवन बर्बाद गर्न सक्छ, त्यसैले जीवनसाथी छनोट गर्नु अघि धेरै कुरा ध्यानमा राख्नुपर्छ, तब मात्र भविष्यमा प्रतिबद्धता दिनु उचित हुन्छ । यदि जीवनसाथी ग्रीन प्mलैग (हरियो झन्डा) छ भने मात्र सम्झौता स्वीकार गर्नुहोला । तर रेड प्mलैग (रातो झन्डा) छ भने यो घाटाको सम्झौता हुन सक्छ ।
रातो र हरियो झन्डा के हो ?
रातो झन्डा त्यस प्रकारको पार्टनरलाई जनाउँछ, जसले तपाईंलाई कहिले पनि समर्थन गर्दैन । उसको खराब व्यवहार हुन्छ । उसको प्रकृति विषाक्त हुन्छ । यस्ता व्यक्ति जीवनभर प्रतिबद्धता दिन सक्दैनन् । अर्काेतर्पm, हरियो झन्डा त्यस्ता पार्टनरलाई भनिन्छ, जसले तपाईंलाई समर्थन गर्छ, सत्य बोल्छ, तपाईंको हेरचाह गर्छ, तपाईंको भविष्यप्रति प्रतिबद्ध रहन्छ र तपाईंलाई सम्मान गर्छ ।
रातो झन्डा साझेदारलाई कसरी चिन्ने ? रातो झन्डा भएका साझेदारबाट बच्न चाहनुहुन्छ, तर कुन व्यवहारले यसलाई सङ्केत गर्छ, त्यो बुझ्न असमर्थ हुनुहुन्छ भने पहिचान गर्ने तरीका छ ।
नियन्त्रण प्रकृति ः कहिलेकाहीं तपाईंलाई गलत कुरामा बाधा पु¥याउने वा गलत कदमबारे चेतावनी दिनु नराम्रो होइन तर यदि उसले तपाईंलाई हदभन्दा बढी नियन्त्रण गर्न खोजिरहेको छ भने बुझ्नुहोस् कि यो भविष्यमा तपाईंको लागि विषाक्त साबित हुन सक्छ ।
सञ्चारप्रति बेवास्ता ः यदि तपाईंको पार्टनर तपाईंसँग खुलेर कुरा गर्न हच्किन्छ वा भन्न डराउँछ भने यस्तो ‘कम्युनिकेशन ग्याप’ कुनै पनि सम्बन्धको लागि राम्रो हुँदैन । राम्रो सम्बन्ध तब हुन्छ, जब तपाईं आप्mनो पार्टनरसँग भावना बाँड्न डराउनुहुँदैन ।
झूटो बोल्ने ः यदि तपाईंको पार्टनर तपाईंसँग लगातार झूट बोल्दैछ वा सत्य लुकाउँदै छ भने यो धोखा दिने प्रकृतिको हुन सक्छ, जुन तपाईंको सम्बन्धको लागि बिल्कुल राम्रो छैन, यो सबैभन्दा ठूलो रातो झन्डा मानिन्छ ।
पृथक ः दुई व्यक्तिको स्वभाव र रुचि अलि फरक हुनु सामान्य कुरा हो, जसले सम्बन्धमा कुनै खतरा उत्पन्न गर्दैन, तर यदि तपाईं दुवैको सोच र बानी पूर्णतया फरक छ भने सम्बन्ध टिकाउन गा¥हो हुन्छ ।