दाम्पत्य जीवनमा उतारचढाव आउनु सामान्य हो । तर कहिलेकाहीं समस्या यति बढ्छ कि सम्बन्धमा असर पर्न थाल्छ । यदि तपाईं पनि आप्mनो वैवाहिक जीवनमा समस्याको सामना गर्दै हुनुहुन्छ भने केही उपायले तपाईंलाई मदत गर्न सक्छ ।
कुराकानी गरौंः वार्तालाप कुनै पनि सम्बन्धको आधार हो । पति/पत्नी खुलेर कुरा गरेनन् भने अविश्वास बढ्न सक्छ । एकअर्काको भावना बुझ्न र सम्मान गर्न धेरै महŒवपूर्ण हुन्छ । आप्mनो जीवनसाथीसँग कुरा गर्नको लागि हरेक दिन केही समय निकाल्नुहोस्, दिनभरको अनुभव सुन्नुहोस्, सुनाउनुहोस् तथा भावनाहरू साझा गर्नुहोस् ।
एकअर्कालाई सम्मानः सम्बन्धमा सम्मान धेरै महŒवपूर्ण हुन्छ । आप्mनो पार्टनरको विचार, भावना र इच्छाको सम्मान गर्नुहोस् । एकअर्काको सीमाको आदर गर्नुहोस्, एकअर्काको स्वतन्त्रताको सम्मान गर्नुहोस् । यसरी तपाईं एकअर्कालाई बुझ्न सक्षम हुनुहुनेछ र सम्बन्ध मधुर बन्नेछ ।
समय खर्चः गुणस्तरीय समय खर्च गर्दा कुनै पनि सम्बन्ध बलियो हुन्छ । आप्mनो जीवनसाथीसँग समय बिताउने योजना बनाउनुहोस् । छोटो सप्ताहान्त यात्रा गर्नुहोस् वा घरमा सँगै चलचित्र हेर्ने गर्नुहोस् । यसले तपाईंको सम्बन्धलाई गहिरो बनाउँछ ।
सरप्राइजः ससाना आश्चर्यले सम्बन्धमा रोमान्स र ताजापन कायम राख्छ । पति/पत्नीलाई खुशी बनाउन ससाना आश्चर्यको योजना बनाउनुहोस् । जस्तैः मनपर्ने खाना पकाउने, राम्रो उपहार दिने वा रोमान्टिक डेटको योजना बनाउनुपर्छ ।
प्रोत्साहन ः जीवनसाथीको प्रोत्साहन कुनै पनि व्यक्तिको लागि धेरै महŒवपूर्ण हुन्छ । एकअर्कालाई आप्mनो लक्ष्य र सपना हासिल गर्न मदत गर्नुहोस् । उसको सफलतामा खुशी हुनुहोस् र उसको असफलतामा समर्थन गर्नुहोस् । यसले तपाईं दुईबीचको सम्बन्ध अझ बलियो बनाउँछ ।
सानो झगडालाई ठूलो विवाद नबनाउनुहोस्ः दाम्पत्य जीवनमा सानातिना झगडा हुनु सामान्य कुरा हो । तर त्यसलाई ठूलो विवाद नबनाउनुस् । सकेसम्म चाँडो समस्या समाधान गर्ने प्रयास गर्नुहोस् । आप्mनो गलती स्वीकार गर्नुहोस् र माफी माग्न पछि नपर्नुहोस् ।
बाह्य मदतः यदि तपाईंलाई लाग्छ समस्या धेरै ठूलो छ र समाधान गर्न सक्नुभएन भने बाह्य व्यक्तिको मदत लिनुस् । परामर्श वा उपचारले तपाईंको सम्बन्ध सुधार गर्न मदत गर्न सक्छ । व्यावसायिक सल्लाहकारहरूले तपाईंको समस्या बुझ्न र समाधान गर्न मदत गर्न सक्छन् ।
आत्म–हेरचाहः आप्mनो आत्म–हेरचाहको पनि ख्याल राख्नुहोस् । स्वस्थ र खुशी रहन आप्mनो शारीरिक र मानसिक स्वास्थ्यको ख्याल गर्नुहोस् । जब तपाईं खुशी हुनुहुन्छ, तब मात्र तपाईंको सम्बन्ध पनि मधुर हुनेछ ।