भुइँकटहर (अनानास) मीठो र रसिलो फल हो, यसको फल र जुस खान सकिन्छ । यसबाट जेली वा क्यान्डी पनि बनाइन्छ, जुन बालबालिकाहरूले निकै रुचाउँछन् । यसमा धेरै पोषक तŒवहरू पाइन्छन्, जुन हाम्रो शरीरको लागि फाइदाजनक मानिन्छ । आहारविज्ञ आयुषी यादवका अनुसार स्वस्थकर यो फल कसैकसैले खानुहुँदैन ।
एलर्जीबाट पीडित व्यक्तिहरूः विशेषगरी यस फलबाट एलर्जी भएका मानिसहरूले भुइँकटहर खानुहुँदैन । भुइँकटहर धेरै खाँदा शरीरमा एनिमिया हुन सक्छ । यसमा प्रचुर मात्रामा भिटामिन सी पाइन्छ, जुन रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि महŒवपूर्ण मानिन्छ । यसले रुघाखोकीबाट बचाउँछ तर भिटामिन सीको उच्च मात्राले झाडापखालाको जोखिम निम्त्याउँछ ।
मधुमेह रोगीहरूः भुइँकटहरको नाम सुन्दा धेरैको मुखमा पानी आउँछ, हामीमध्ये धेरै यस्ता छन्, जो यसलाई खानबाट रोक्न सक्दैनन् । मधुमेह भएका व्यक्तिले फलफूल खानु उपयुक्त भए तापनि भुइँकटहरको सेवन फाइदाजनक हुँदैन । यो मीठो फल हो र यसको ग्लाइसेमिक इन्डेक्स पनि धेरै उच्च हुन्छ, जसको कारण रगतमा चिनीको मात्रा अचानक बढ्न सक्छ र स्वास्थ्य बिग्रन सक्छ ।
दाँत कीराले खाएको छ भनेः भुइँकटहर मीठो फल हो र यो उच्च अम्लीय प्रकृतिको मानिन्छ, जुन हाम्रो दाँतको लागि राम्रो हुँदैन । मुखको स्वास्थ्य राम्रो नभएका मानिसहरूले यो फल सकेसम्म कम खानुपर्छ, अन्यथा दाँतमा कीरा लाग्न सक्छ, जसले गर्दा दाँत झर्ने सम्भावना हुन्छ ।
– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)