मित्रता एउटा सुन्दर सम्बन्ध हो, जसले जीवनलाई विशेष बनाउँछ । सच्चा मित्र सधैं तपाईंको साथमा हुन्छ, तपाईंलाई समर्थन गर्छ र तपाईंको खुशी चाहन्छ । त्यसैगरी, कतिपय मानिसहरू यस्ता हुन्छन्, जो मित्रताको आडमा आफ्नो स्वार्थ पूरा गर्न खोज्छन् । यस्तो अवस्थामा को असल साथी हो भनेर चिन्नुपर्छ । सच्चा मित्रले कहिल्यै झूटो प्रशंसा गर्दैन । उसले तपाईंको कमजोरी, गलती र वास्तविकता लुकाउँदैन । उसले तपाईंको सर्वोत्तम हितलाई ध्यानमा राखेर तपाईंको गलती बताउँछ । उसले तपाईंलाई राम्रो व्यक्ति बन्न प्रेरित गर्छ र तपाईंलाई खुशी राख्नको लागि तपाईंसँग झूटो बोल्दैन ।

गलत निर्णयमा सच्चा साथीले कहिल्यै साथ दिंदैन । आजसम्म तपाईंले सुन्नुभएको होला सच्चा साथी त्यो हो, जसले तपाईंको हरेक निर्णयमा साथ दिन्छ । तर वास्तवमा यो सही होइन । सच्चा साथीले तपाईंलाई गलती गर्नबाट सधैं रोक्छ, तपाईंलाई गलत काममा साथ दिएर गलत निर्णय लिइरहन प्रेरित गर्दैन ।

सच्चा साथीले तपाईंलाई आवश्यकताको समयमा एक्लै छोड्दैन । सच्चा साथी त्यो व्यक्ति हो, जसले हरेक ब्रेकअपपछि साथीको बकवास सुन्छ र उसलाई अगाडि बढ्न मदत गर्छ । यसका लागि उसले आफ्नो महŒवपूर्ण काम पनि छोड्छ । सच्चा साथीले तपाईंलाई कुनै पनि प्रकारको दुःखमा एक्लै छोड्दैन ।

सच्चा साथीले तपाईंका कमजोरीहरूलाई बेवास्ता गर्दैन । उसले तपाईंका कमजोर बिन्दुहरूको बारेमा बताउँछ । तपाईंलाई राम्रो व्यक्ति बन्न मदत गर्छ, तपाईंको कमजोरीलाई लुकाउँदैन ।
सच्चा साथीले तपाईंको पछाडि तपाईंको बारेमा कहिल्यै खराब बोल्दैन । सच्चा साथीले हजारौं मानिसको अगाडि तपाईंको मजाक उडाउँदैन । तपाईंको पछाडि नराम्रो बोल्दैन, न त तपाईंको विरुद्ध केही सुन्न नै चाहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here