चीनको झेजियाङ प्रान्तका ५४ वर्षीय एकजना व्यक्ति विगत दुई वर्षदेखि लगातार रुघाखोकीबाट पीडित थिए । यति लामो र कडा खोकीका कारण क्यान्सरको डरले उनी चिन्तित थिए । धेरै किसिमका औषधि खाए तर फाइदा भएन । लगातार खोकीले उनको जीवनलाई असर ग¥यो ।
सबै उपाय गरेपछि शु नामक सो व्यक्तिले झेजियाङ अस्पतालका विशेषज्ञहरूलाई सम्पर्क गरे । स्क्यानले उनको फोक्सोमा एक सेन्टिमिटरको दाग देखायो । चिकित्सकहरूले शुरूमा निमोनिया वा ट्युमरको शङ्का गरे र बायोप्सीको योजना बनाए ।
परीक्षणका क्रममा चिकित्सकहरूले चकित पार्ने कुरा फेला पारे । शुको फोक्सोमा खुर्सानीको टुक्रा अड्किएको थियो । दुर्ई वर्षअघि हटपट खाँदा निसास्सिएर खुर्सानीको टुक्रा फोक्सोमा पसेको थियो । सो खुर्सानी उनको टिस्यूमुनि गाडिएको थियो, जसका कारण स्क्यानमा देखिएन ।
यस खोजले शु र मेडिकल टोली दुवैलाई छक्क पा¥यो । खानाको साधारण टुक्राले यति लामो समयसम्म असुविधा र खोकी निम्त्याउन सक्छ भनेर उनीहरू छक्क परे । खुर्सानीको टुक्रा शुको फोक्सोमा दुर्ई वर्षसम्म रह्यो र जसले गर्दा जलन हुने र गम्भीर रोग लागेको जस्तो लक्ष्Fण देखिन थाल्यो ।
चिकित्सकले खुर्सानीको टुक्रा हटाएपछि शुले आफ्नो पुरानो खोकीबाट अन्ततः आराम पाए । यो घटनाले साउथ चाइना मर्निङ पोस्टलगायत स्थानीय मिडियाको ध्यानाकर्षण गराएको छ । किनकि यसले देखाएको सामान्य अवस्थाले कसरी गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।