के तपाईंले एथलिटको शरीरमा रातो दाग देख्नुभएको छ ? प्रायः गरेर एथलिटहरूले कपिङ थेरापी लिने गर्छन् । हालका वर्षहरूमा कपिङ थेरापीले धेरै लोकप्रियता प्राप्त गरेको छ । धेरै ओलम्पिक खेलाडीले यसलाई आप्mनो फिटनेस दिनचर्या बनाएका छन् ।
कपिङ थेरापी एउटा प्राचीन चिकित्सा अभ्यास हो, जसमा तातो कप छालामा लगाइन्छ । जब कप चीसो हुन्छ, यसलाई छालाबाट हटाइन्छ । यसबाट छालाको तन्तु फैलिन्छ र रक्त परिसञ्चरण बढ्छ । यसले शरीरको फोहोर हटाउन र दुखाइ कम गर्न मदत गर्छ ।
कपिङ थेरापीले कसरी काम गर्छः
कपिङ थेरापीमा तातो कप छालामा राखिन्छ । यसले रगत प्रवाह बढाउनुको साथसाथै शरीरमा हुने सूजन कम गर्न र मांसपेशीलाई आराम
दिन्छ ।
कपिङ थेरापीको लाभ ः कपिङ थेरापीमा एन्टी–इन्प्mलेमेटरी गुण हुन्छ, जसले मांसपेशीहरूको दुःखाइ र सूजन कम गर्न मदत गर्छ ।
कपिङ थेरापीले रगतको प्रवाह बढाउँछ, जसले शरीरका तन्तुहरूलाई थप अक्सिजन र पोषक तŒव उपलब्ध हुन्छ । कपिङ थेरापीले शरीरको फोहोर हटाउँछ । कपिङ थेरापीले शरीरलाई आराम दिन्छ र तनाव कम गर्छ ।
ओलम्पिक खेलाडीहरू किन कपिङ थेरापी लिन्छन् ः धेरै ओलम्पिक खेलाडीहरूले कपिङ थेरापी अपनाएका छन् । यसको कारण हो कि यो थेरापीले मांसपेशीहरूमा दुःखाइ र थकान कम गर्न मदत गर्छ । एथलिटहरू फिट रहनुपर्छ र कपिङ थेरापीले तिनीहरूलाई यसमा मदत गर्छ ।