सुकमेलले खानाको स्वाद बढाउनुको साथै स्वास्थ्यको लागि निकै लाभकारी हुन्छ। नियमितरूपमा खाली पेटमा दुर्ईवटा सुकुमेल सेवन गर्दा शरीरमा निकै फाइदा हुन्छ।
एउटा रिपोर्ट अनुसार सुकुमेलमा फाइबर हुन्छ, जसले लामो समयसम्म पेट भरेको अनुभूति गराउँछ। भोक कम लाग्छ। यसबाहेक सुकुमेलले मेटाबोलिज्म बढाउनमा पनि योगदान पु–याउँछ, जसले क्यालोरी जलाउने प्रक्रियालाई गति दिन्छ।
पाचन प्रणाली स्वस्थ राख्छः सुकुमेलले पाचन इन्जाइमको स्रावलाई बढावा दिन्छ, जसले खाना सहज पचाउनमा मदत गर्छ। खाली पेटमा सुकुमेलको सेवनले कब्जियत, अपच र ग्याँसजस्ता पाचन समस्यालाई हटाउन मदत गर्छ। यसको एन्टी इन्फ्लेमेटरी गुणले पेटको सुजन कम गर्न पनि मदत गर्छ।
दुर्गन्ध हटाउँछः सास गन्हाउनु एउटा सामान्य समस्या हो, जसको समाधान सुकुमेलमा हुन सक्छ। सुकुमेलमा एन्टी ब्याक्टेरियल गुण हुन्छ, जसले मुखमा रहेको ब्याक्टेरियालाई हटाउन मदत गर्छ। बिहान खाली पेटमा सुकुमेल चपाउँदा सास ताजा हुन्छ।
प्रतिरक्षा बढाउँछः सुकुमेलमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ, जसले शरीरलाई फ्री रेडिकलबाट बचाउँछ। सुकुमेलको नियमित सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै विभिन्न सङ्क्रमणबाट बचाउन सकिन्छ।
रगतमा चिनी नियन्त्रणमा रहन्छः केही अध्ययन अनुसार सुकुमेलले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मदत गर्छ। यद्यपि यो मधुमेह औषधिको विकल्प होइन। यदि तपाईं मधुमेह रोगी हुनुहुन्छ भने सुकुमेलको सेवन गर्नु अघि निश्चितरूपमा चिकित्सकसँग सल्लाह लिनुहोला।
छालाको लागि लाभदायकः सुकुमेलमा राम्रो मात्रामा एन्टिअक्सिडेन्ट र भिटामिन ‘सी’ हुन्छ, जसले छालालाई कोलाजेन उत्पादनमा मदत गर्छ। यसले छालाको स्वास्थ्य राम्रFे बनाउँछ र चाउरीपन कम गर्छ। यसबाहेक सुकुमेलमा पाइने एन्टी–इन्फ्लेमेटरी गुणले छालाको सुजन कम गर्न पनि मदत गर्छ।
– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)