वर्षात्को मौसम रोमान्टिक हुन्छ, तर यसले केही समस्या पनि ल्याउँछ। यीमध्ये एउटा हो– लुगामा हुने नमी र त्यसबाट आउने अनौठो गन्ध। वर्षाको दिनमा कम घाम र हावामा बढी आद्र्रताका कारण लुगा छिट्टै सुक्दैन र ढुसीको जोखिम बढ्छ। यो फङ्गसले लुगामा अनौठो गन्ध पैदा गर्छ, जुन गन्हाउँछ र दिनभरि तपाईंलाई सताउन सक्छ।
यस समस्याबाट बच्न केही सजिला घरेलु उपाय गर्न सकिन्छ।
लुगा राम्ररी सुकाउनुहोस् ः सबैभन्दा पहिले लुगालाई राम्ररी सुकाउनुपर्छ। यदि तपाईंसँग ड्रायर छ भने कम तापमानमा कपडा सुकाउनुपर्छ। घाम लागेको छैन भने कपडालाई सुक्खा र हावा आउने ठाउँमा झुन्ड्याउनुपर्छ।
सिरकाको प्रयोग ः भिनेगर एउटा प्राकृतिक डिओडोराइजर हो, जसले कपडाको गन्ध हटाउन मदत गर्छ। एक बाल्टिन पानीमा एक कप भिनेगर मिलाउनुहोस् र यस घोलमा आफ्नो कपडालाई ३० मिनेटसम्म भिजाउनुहोस्। त्यसपछि कपडालाई धोएर सुकाउनुहोस्।
बेकिङ सोडाको प्रयोग ः बेकिङ सोडा पनि प्रभावकारी डिओडोराइजर हो। लुगा धुनु अघि अलिकति बेकिङ सोडा छर्नुहोस्। यसलाई वाशिङ मेशीनमा पनि राखेर मिलाएर धुन सकिन्छ।
कागती ः कागतीको रस प्राकृतिक ब्लीच र डियोडोराइजर हो। पानीमा कागतीको रस मिसाएर त्यसले लुगा धुनुहोस्। यसले गन्ध हटाउन र कपडा चम्किलो बनाउन मदत गर्छ।
कोइला ः दाउराको कोइलाले नमी अवशोषित गर्न र गन्ध हटाउन मदत गर्छ। कोइलाले भरिएको प्याकेटलाई कपडामा राख्नुपर्छ।
अन्य उपाय ः टोकरीमा भिजेको लुगा धेरै बेर राख्नुहुँदैन, लुगा धोएपछि तुरुन्तै सुकाउनुपर्छ, लुगा धुँदा सुगन्धित डिटर्जेन्ट प्रयोग गर्नुपर्छ, दराजलाई सुक्खा र हावादार ठाउँमा राख्नुपर्छ।