के तपाईं आफ्नो सम्बन्धप्रति अन्योलमा हुनुहुन्छ ? प्रायः आफैंलाई प्रश्न गर्नुहुन्छ ? कुराहरू गलत बुझ्दै हुनुहुन्छ ? यदि हो भने तपाईंको जीवनसाथीले तपाईंलाई ग्याँसलाइटिङ गर्दैछ।

ग्याँसलाइटिङ भावनात्मक दुव्र्यवहारको एउटा रूप हो जहाँ जीवनसाथीले तपाईंको वास्तविक धारणालाई विकृत गर्ने प्रयास गर्दछ। यसले तपाईंको आत्मविश्वासलाई कमजोर बनाउँछ र तपाईंलाई सधैं नियन्त्रणमा महसूस गराउँछ। धेरैपटक मानिसहरूलाई यो कुरा थाहा हुँदैन, त्यसैले यदि तपाईं आफ्नो सम्बन्धमा यी पाँच सङ्केतहरू देख्दै हुनुहुन्छ भने सावधान हुनुस्।

के तपाईंको जीवनसाथीले तपाईंको सम्झना वा अनुभवलाई खारेज गर्दछ ? उदाहरणका लागि तपाईंले उनलाई कुनै कुराकानीबारे बताउनुभयो र उनले भन्छ– यस्तो कहिल्यै भएको छैन। यो ग्याँसलाइटिड्ढो एउटा क्लासिक चिह्न हो। उनले तपाईंलाई यो विश्वास दिलाउने कोशिश गरिररहेको छ कि तपाईं पागल हुनुहुन्छ वा कमजोर स्मृतिको हुनुहुन्छ।

तपाईंको जीवनसाथीले तपाईंमाथि भूmटो बोलेको वा काम गडबड गरिरहेको आरोप लगाउँछ, जबकि तपाईं सत्य नै बोल्नुहुन्छ। उसले तपाईंको इमानदारीमाथि प्रश्न गरेर तपाईंलाई असुरक्षित महसूस गराउन सक्छ।

तपाईंको जीवनसाथीले तपाईसँग कुरा गर्न छोड्छ वा तपाईंलाई सजाय दिन बेवास्ता गर्छ। यसो गरेर उसले तपाईंलाई भावनात्मकरूपमा कमजोर बनाउँछ र तपाईंलाई आफ्नो नियन्त्रणमा राख्छ।
तपाईंको पार्टनरले तपाईंका निर्णयहरूलाई महत्वहीन वा मूर्ख भनी बेवास्ता गर्छ। तपाईंलाई महसूस गराउँछ कि तपाईं कुनै पनि काम सही गर्न सक्नुहुन्न। उसको स्वीकृतिमाथि तपाईं निर्भर रहनुहुन्छ।
तपाईंको पार्टनरले सधैं आफ्नो गलतीको लागि तपाईंलाई दोष दिन्छ। कुरालाई घुमाएर तपाईंलाई जवाफदेह महसूस गराउँछ, भलै यसको लागि तपाईं जिम्मेवार हुनुहुन्न। यस्तै व्यवहारलाई ग्याँसलाइटिङ सम्बन्ध भनिन्छ।

के गर्ने ? यदि तपाईं यीमध्ये कुनै पनि सङ्केत अनुभव गर्दै हुनुहुन्छ भने मदत खोज्नुपर्छ। साथी, परिवारका सदस्य वा मानसिक स्वास्थ्य पेशेवरसँग कुरा गर्नुपर्छ। यिनीहरूले तपाईंलाई परिस्थिति बुझ्न र यसको सामना गर्न रणनीतिहरू बनाउन मदत गर्न सक्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here