मलेखु (धादिङ), १९ असार/रासस

नौबिसे–नागढुङ्गा सडकखण्ड बुधवार र बिहीवार राति बन्द गरिने भएको छ।

त्रिभुवन राजथप अन्तर्गत पर्ने नौबिसे खोलामा बन्दै गरेको पुलको काम गर्न लागिएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी आज र भोलि राति १० देखि बिहान ३ बजेसम्म दुईतर्फी सडक बन्द गर्न लागिएको हो।

दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकोले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिजनल इन्जिनीयर ईश्वरबहादुर रिजालले जानकारी दिए। “पुलको आरसिसी बिम (प्रिकास्ट ब्रिज गर्डर) पुलभन्दा बाहिरको जमीनमा बनाइएको छ। त्यसलाई क्रेनले उचालेर पुलको दुवैतर्फको पिलर (एभिडमेन्ट)मा राख्नुपर्नेछ,” इन्जिनीयर रिजालले

भने, “नयाँ पुलमा काम गर्ने भएपनि पुरानो पुल सँगै रहेकोले आइपर्न सक्ने जोखिमलाई मध्यनजर गरी सवारी रोकेर काम गर्न लागिएको हो।”हेभी इक्विपमेन्टको प्रयोग भइरहँदा सवारीसाधन आवागमनमा बाधा पर्न जाने भएकाले सवारीको चाप नहुने समय (रातिको समय)मा काम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धादिड्ढा प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए। मिश्रका अनुसार एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्य सवारीसाधनलाई पूर्णरूपमा रोकिनेछ। चालकलाई आफ्नो लेन अनुशासन कायम राख्न र जथाभावी ओभरटेक नगर्न सूचना जारी गरिएको पनि उनले बताए।उक्त समयमा दुई पाङ्ग्रे तथा साना सवारीसाधन प्रयोगकर्ताले वैकल्पिक मार्गको रूपमा धार्के शीतापाइला सडक प्रयोग गर्न सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here