सुँघ्ने क्षमता कमजोर हुनु गम्भीर रोगको सङ्केत पनि हुन सक्छ। यसबाट अल्जाइमर र पार्किन्सन्सजस्तो न्युरोडिजेनेरेटिभ रोगको खतरा रहन्छ साथै डिप्रेशन हुने सम्भावना पनि बढ्छ। अमेरिकामा जोन हपकिन्स मेडिसिनका वैज्ञानिकले गरेको शोध अनुसार जुन व्यक्तिको सुँघ्ने क्षमता जति कमजोर हुन्छ उसको मानसिक स्थिति पनि खराब हुन थाल्छ। यस शोधमा सहभागी प्राध्यापक विद्या कामथले भनिन्– मानिसमा सुँघ्ने क्षमताले धेरै कुरालाई प्रभावित गर्छ। अध्ययनले यस सङ्केतलाई बेकार संज्ञान र सुजनसँग जोडेर हेरेको छ। यो अध्ययन आठ वर्षसम्म भएको थियो र यसमा दुई हजार व्यक्ति सहभागी भएका थिए। लक्षण महसूस भएपछि तुरून्तै चिकित्सकसँग सम्पर्क गर्नुपर्छ।
शोधमा सहभागी प्राध्यापक कामथले भनिन्– जब कसैको सुँघ्ने क्षमता कमजोर हुन्छ, तब यो अल्जाइमर र पार्किन्सन्सजस्तो न्युरोडिजेनेरेटिभ रोगको सङ्केत पनि हो। यस अवस्थामा चाँडै चिकित्सकसँग सल्लाह लिनुपर्छ। साथै जो व्यक्ति डिप्रेशनबाट ग्रस्त छन्, उनीहरूले पनि यथाशीघ्र चिकित्सकसँग सम्पर्क गर्नुपर्छ।