कार्यालय वा घरमा कुर्सीमा बसेको समयमा खुट्टा हल्लाउनु, कुर्सी घुमाउनु वा पेनसँग खेल्नु अशिष्टता भएपनि यस्तो गर्नु स्वास्थ्यको लागि फाइदा पुग्ने विशेषज्ञले बताएका छन्। यस गतिविधिलाई फिजटिङ भनिन्छ, जुन एक प्रकारको व्यायाम हो। व्यक्तिको यो चञ्चलताले उसको शरीरलाई सक्रिय राख्नुका साथै विभिन्न रोगबाट बचाउने गर्छ।

लिड्स युनिभर्सिटीका पोषण विशेषज्ञ जेनेट कैडको भनाइ छ, यस्तो व्यवहारलाई सामान्यरूपमा अशिष्टता, घबराहट र ध्यान नदिएको भन्न सकिन्छ तर यो सजिलो गतिविधिले हामीलाई वजनमा काबु गर्न, तनावबाट बच्न र लामो समयसम्म जीवित रहन मदत गर्छ। यहाँसम्म कि खुट्टा थपथपाउनेजस्तो हलुका गतिविधिले पनि हाम्रो अतिरिक्त क्यालोरी जलाउन मदत गर्छ।

यस सम्बन्धमा २४ जनामाथि अध्ययन गरिएको थियो। बसेर यस्तो गतिविधि गर्दा २९ प्रतिशत र उभिएर हिंड्डुल गर्दा ३८ प्रतिशतभन्दा बढी क्यालोरी बर्न गर्न सकिन्छ। एउटा अध्ययनमा ४२ जना व्यक्तिलाई तनावपूर्ण स्थितिमा साक्षात्कार गरिएको थियो। तिनीहरूलाई गणितको प्रश्न हल गर्न भनिएको थियो। जो व्यक्तिले प्रश्न हल गर्ने समयमा कपाल मिलाउने, पेनसँग खेल्नेजस्ता गतिविधि गरिरहेका थिए, उनीहरूमा कम तनाव अनुभव भएको थियो।

फिजिटिड्ढो फाइदा यस कारण हुन्छ कि कामको समय एकै ठाउँमा बसिरहँदा हुने खतरालाई घटाउँछ। टेनिसमा सर्भ गर्नुभन्दा पहिले बललाई जमीनमा उफार्नु आवश्यक हुँदैन तर धेरैजसो खेलाडीले यसो गर्दा उनीहरूको खेलप्रति ध्यान केन्द्रित हुन मदत पुग्ने बताएका छन्।

एउटा अन्य अध्ययनमा आठ साताको अवधिमा १६ जना दुब्ला व्यक्तिलाई प्रतिदिन एक हजार अतिरिक्त क्यालोरी खुवाइएको थियो। यसमा फिजटिड्ढो प्रभाव जाँच गरियो। केही प्रतिभागीले बोसो बढ्नबाट रोक्न सके किनभने उनीहरूले कामको समयमा यस्तै गतिविधि गरिरहेका थिए। फोन कल लिने समयमा उभिनुदेखि लिएर घुमफिर गरेर कुरा गर्दा पनि यस प्रकारको अन्तर देखिएको थियो।

क्यालिफोर्निया युनिभर्सिटीका न्युरोसाइन्टिस्ट मैकस मेलिन भन्छन्–गतिहीन रहनु स्वास्थ्यको लागि राम्रFे होइन। केही गरिरहनु मस्तिष्कको प्रदर्शनको साथ गहिरो सम्बन्ध हुन्छ। यसले आवश्यक परेको बेला सही स्तरको ऊर्जा दिन्छ, एकाग्रता बढाउन मदत गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here