एक समय थियो जब केटीहरू विवाहको सपना देखेर हुर्किन्थे। जीवनमा ससुराली घर गएर कसैको पत्नी र बुहारी बन्ने तालीम दिइन्थ्यो। तर अहिले समय बदलिएको छ। समयसँगै के परिवर्तन भयो जसले विवाहप्रति केटीहरूको सोचाइमा यति हदसम्म परिवर्तन ल्यायो ? यदि तपाईंसँग यसको जवाफ छैन भने हामी तपाईंलाई पाँच कारण बताउँछौं जसका कारण केटीहरू बिहेबाट भाग्न थालेका छन्।
आजका महिलाहरू पहिलेभन्दा धेरै शिक्षित र आर्थिकरूपमा आत्मनिर्भर छन्। उनीहरू आफ्नो करियरमा सफल भइरहेका छन् र आफ्नो खर्च आफैं बेहोर्दैछन्। जसका कारण उनीहरूले आफ्नो जीवनका लागि कुनै पुरुषको आवश्यकता नरहेको बुझेका छन्। उनीहरू कुनै प्रतिबन्धविना आफ्नो शर्तमा आफ्नो जीवन बिताउन सक्छन्।
परम्परागतरूपमा विवाहपछि महिलाको पहिचान उनको पति र बच्चाहरूसँग जोडिएको हुन्छ। तर अहिले महिलाहरू आफ्नो पहिचान बनाउन र आफ्नो सपना पूरा गर्न चाहन्छन्। वैवाहिक सम्बन्धमा उनीहरूको व्यक्तिगत विकास रोकिने वा समाजमा उनीहरूको पहिचान पत्नी वा आमामा मात्रै सीमित हुने डर हुन्छ।
पहिले अविवाहित हुनु वा ढिलो बिहे गर्नुलाई सामाजिकरूपमा नराम्रFे मानिन्थ्यो तर अहिले समाजको दृष्टिकोण बदलिंदै गएको छ। अब मानिसहरूले बुझेका छन् कि विवाह कसैको जीवनको लक्ष्य होइन र सुखी जीवन बिताउने थुप्रै तरीका छन्।
विवाहपछि घरायसी कामको बोझ बढ्दै जाँदा आफ्नो करियर वा सोख त्याग्नुपर्ने हो कि भन्ने चिन्ता धेरै महिलालाई हुन्छ। यसका साथै घरेलु हिंसा, दाइजो प्रथा जस्ता सामाजिक विकृतिहरूले पनि विवाहलाई लिएर मनमा असुरक्षाको भावना पैदा गर्छ।
अहिले प्रेम र आजीवन प्रतिबद्धताका लागि विवाहको बाध्यता हुँदैन भन्ने मान्यता छ। धेरै जोडी ‘लिभ इन रिलेशनशिप’मा सुखी जीवन बिताइरहेका छन्। यस्तो सम्बन्धमा उनीहरूमा स्वतन्त्रतासँगै जिम्मेवारीको भावना पनि हुन्छ।