कोभिड–१९ को महामारीपछि कम्पनीहरूमा कर्मचारीहरू निरन्तर कटौती भइरहेका छन्। जसका कारण धेरै मानिस डिप्रेशनको शिकार हुने गरेका छन्। पारिवारिक जिम्मेवारी र जागीरको अभावले मानिसलाई चिन्ताको अँध्यारोमा धकेल्छ। कतिपय अवस्थामा मानिसले आत्महत्या गर्ने निर्णय पनि गर्छन्।

यस्तो अवस्थामा जीवनसाथीको साथ हुनु निकै महत्वपूर्ण हुन्छ। यदि तपाईंको जीवनसाथीले पनि अचानक आफ्नो जागीर गुमाएको छ भने उसले सामना गर्न सक्ने समस्याको बारेमा चिन्ता गर्नुको सट्टा यी छ तरीकाबाट उसको साहस बढाउने प्रयास गर्न सकिन्छ।

कुरा सुन्नुस्ः जीवनसाथीलाई भन्नुस् यस अवस्थामा तपाईं उनको साथ हुनुहुन्छ। उसलाई आप्mनो भावना व्यक्त गर्न दिनुहोस्, चाहे त्यो रिस, निराशा वा उदासी नै किन नहोस्। उसको कुरा सुन्नुस्, समर्थन गर्नुस्, सुझाव नदिनुस्।

योजनाः डराउनुको सट्टा शान्त रहनुहोस् र भविष्यको लागि योजना बनाउनुहोस्। आफ्नो जीवनसाथीलाई सोध्नुहोस् के गर्न चाहन्छ। उसकोलक्ष्यहरू बुझ्नुस् र प्राप्त गर्न मदत गर्नुहोस्।

आर्थिक सहयोगः आर्थिक तनाव जागीर गुमाउनुको प्रमुख परिणाम हो। यस्तो अवस्थामा यदि तपाईं काम गर्दै हुनुहुन्छ भने जीवनसाथीलाई आर्थिकरूपमा समर्थन गर्नुहोस्। सँगै बजेट बनाउनुहोस् र खर्च घटाउने उपायहरू खोज्नुहोस्।

सकारात्मकः नयाँ कामको खोजी गर्दागर्दै निराश हुनु स्वाभाविक हो। यस्तो समयमा जीवनसाथीलाई प्रोत्साहन दिनुहोस्। हौसला बढाउनुस्। उसको ताकत र उपलब्धिबारे सम्झना गराउनुहोस्। सकारात्मक रहने प्रयास गर्नुहोस्।

विश्वासः जीवनसाथीमाथि भरोसा गर्नुस् र साथ मिलेर चुनौतीको सामना गर्न तयार हुनुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here