धेरैले आफ्नो कार चम्किलो राख्न दिनदिनै सफा गर्छन् तर त्यसमा फसेको धूलो र फोहोर राम्ररी सफा हुँदैन। यदि तपाईं पनि कारलाई व्यावसायिकरूपमा सफा गर्न चाहनुहुन्छ भने यसको लागि पाँच सयदेखि एक हजार खर्च गर्नुपर्छ। तर कम खर्च, कम पानी खपतमा आफ्नो कारलाई चम्किलो राख्न चाहनुहुन्छ भने एउटा सस्तो र प्रभावकारी तरीका छ।

टूथपेस्ट हरेक घरमा हुन्छ। दाँत चम्काउन यसको प्रयोग गरिन्छ तर कहिलेकाही यसको प्रयोग कार चम्काउन पनि गर्न सकिन्छ।

कारलाई सफा गर्दा सावधान रहनुपर्छ। टुथपेस्टबाट कारका केही भाग चम्काउन सकिन्छ। यी भागहरूमा कारको टायर वा रिम, कारको विन्डशिल्ड र यसका अन्य भागहरू पनि समावेश हुन्छ। यसलाई सफा गर्नको लागि सामान्य टूथपेस्ट लिनुहोस् र यी भागहरूमा लगाउनुहोस् र हातले मल्नुहोस्। टूथपेस्ट लगाउनु अघि सफा गर्ने भागमा पानी खन्याउनुपर्छ। टुथपेस्ट दलेको पाँच मिनेटपछि पानी हालेर सफा गर्नुहोस्। टूथपेस्टमा पाइने सोडाका कारण कारको यी भागहरू चम्किन थाल्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here