आजभोलि कुनै पार्टी होस् वा मिटिङ केटाहरू जेन्टलमेन देखिन साधारण शर्टमा टाई लगाउने गर्छन्। टाई आजभोलि टे«न्डमा छ किनभने यसले व्यक्तित्वलाई सुन्दर बनाउँछ।

बोर्डिङ स्कूलमा बालबालिकाहरूले टाई लगाउनुपर्ने बाध्यता हुन्छ। हालै एउटा अध्ययन अनुसार टाईले स्वास्थ्यमा नकारात्मक असर पार्छ। टाई लगाउँदा मस्तिष्कमा रक्तको आपूर्ति ७.५ प्रतिशत कम हुन्छ भने आँखामाथि दबाब पनि पर्छ, जसबाट ग्लुकोमा र मोतीबिन्दु हुने खतरा बढ्छ। विशेषज्ञका अनुसार टाई लगाउँदा अनुशासित देखिए पनि यसले स्वास्थ्यमा प्रभाव पार्छ।

ब्रिटेनस्थित किल युनिभर्सिटीका वैज्ञानिकले टाई लगाउँदा स्वास्थ्यको लागि हानि हुने बताएका छन्। न्यू साइन्टिस्टमा प्रकाशित अध्ययनमा यस कुराको जाँच गरिएको थियो कि टाई लगाउँदा मस्तिष्कमा रक्तको प्रभावलाई कसरी प्रभावित गर्छ। अध्ययनमा ३० जना पुरुष सहभागी थिए। उनीहरूमध्ये १५ जनाले नियमित टाई लगाउँथे। एमआरआईको माध्यमबाट सबैको मस्तिष्क स्क्यान गरिएको थियो, ताकि मस्तिष्कमा रक्तको प्रवाह पत्ता लाग्न सकोस्। शोधकर्ताले टाई नलगाउनेहरूको तुलनामा टाई लगाउनेहरूमा औसत ७.५ प्रतिशत कम रक्तप्रवाह भएको थियो।

वैज्ञानिकले कम रक्तप्रवाह हुनुको कारण केरोटिड धमनी सकुञ्चित भएको बताए। टाईको दबाबबाट हृदयबाट रक्तलाई टाढा लैजान्छ। यस प्रकार साबित भयो कि प्रतिदिन टाई लगाउँदा मस्तिष्कमा रक्त आपूर्ति प्रभावित हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here