हाल देशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र मधेस प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। कोशी, बाग्मती र कर्णाली प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भएको छ।
बुधवार दिउँसो कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, बाग्मती र गण्डकी प्रदेशका केही तथा मधेस प्रदेशलगायत बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
त्यसैगरी, आज राति कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा बFँकी भूभागका एक/दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आगामी २४ घण्टामा कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ।
विभागले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम वा क्षतिबाट बच्न तथा भारी वर्षाबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्क रहन अनुरोध गरेको छ।