बालबालिकाको विकासमा परिवारको महत्वपूर्ण भूमिका हुन्छ। बालबालिकाको पालनपोषणलाई वृद्धवृद्धाले सधैं महत्व दिएका हुन्छन्। तर आजको समयमा न्युक्लियर फेमिली (एकल परिवार)को अवधारणा धेरै बढेको छ। जहाँ दम्पतीहरू आफ्नो परिवारबाट टाढा बस्छन् र आफ्नै परिवार शुरू गर्छन्।
यसरी जीवन बिताउँदा पति–पत्नीले एकअर्कासँग समय बिताउन पर्याप्त समय पाउँछन् भन्ने कुरामा कुनै शङ्का छैन। तर बच्चा हुर्काउनको लागि एकल परिवार आदर्श मानिंदैन। किन यस्तो हुन्छ ? रिलेशन कोच र प्रिडिक्शन फर सक्सेसका फाउन्डर विशाल भारद्वाज भन्छन्–
सामाजिक विकासमा कमी : एकल परिवारमा बच्चाहरूलाई भाइबहिनी वा अन्य बच्चाहरूसँग नजीकको सम्बन्ध बनाउने कम अवसर हुन्छ। यसले उनीहरूको सामाजिक विकासमा बाधा पुग्न सक्छ। उनीहरूलाई सामाजिक सीपहरू विकास गर्न, साथी बनाउन र द्वन्द्व समाधान गर्न कठिनाइ हुन सक्छ।
एक्लोपन र तनाव : एकल परिवारमा बच्चाहरूले एक्लोपन र तनाव अनुभव गर्न सक्छन्। यस्तो यस कारण हुन्छ किनभने सानो एकल परिवारमा बच्चाहरूको हेरचाह गर्न र उनीहरूसँग खेल्ने धेरै मानिस हुँदैनन्। यसले तनावपूर्ण परिस्थितिसँग सामना गर्ने र आत्मसम्मान विकास गर्ने क्षमतालाई असर गर्न सक्छ।
गलत व्यवहार : जब आमाबुबा काममा व्यस्त हुन्छन् र बच्चाहरूलाई पर्याप्त ध्यान दिन सक्दैनन्, उनीहरूले गलत निर्णय लिन सक्छन् वा अनुपयुक्त व्यवहारमा संलग्न हुन सक्छन्। तिनीहरू गलत ठाउँहरूमा जान शुरू गर्न सक्छन्, गलत साथीहरूसँग घुम्ने, रमाइलो गर्ने, जोखिमपूर्ण गतिविधिहरूमा संलग्न हुन सक्छन्।
यसरी समस्या समाधान गर्नुहोस् : यी चुनौतीहरू सामना गर्न आमाबुबाले आफ्ना बच्चासँग गुणस्तरीय समय बिताउनुपर्छ। उनीहरूलाई समर्थन गर्न र उनीहरूलाई स्वतन्त्रता र जिम्मेवारी विकास गर्न मदत गर्नुपर्छ। बालबालिकालाई सामाजिक अवसर एवं अन्य बालबालिकासँग अन्तत्र्रिmया गर्ने पर्याप्त अवसर प्रदान गर्नुपर्छ।